Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

राजसंस्था पुनस्थापनका लागि जनआन्दोलनको कमान्डर प्रसाईं तोकिए

राजसंस्था पुनस्थापनका लागि जनआन्दोलनको कमान्डर प्रसाईं तोकिए

  • समाचार
  • चैत्र १३, २०८१ बिहिवार १५:३८ बजे
  • 1.8K
    SHARES
  • राजसंस्था पुनस्थापनका लागि जनआन्दोलनको कमान्डर प्रसाईं तोकिए

    निर्मल निवासमा छिरेर निस्किएपछि राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो ।

    चाबहिलको स्मार्ट पार्टी प्यालेसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी दिए ।

    राजावादीले व्यवसायी प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ ।

  • सम्बन्धित विषय:

  • # राजसंस्था

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images