रंगप्रसाद तिमिल्सैना धनगढी / चैत्र १४
सामुदायिक संलग्नता तथा जवाफदेहिता सिकाई आदानप्रदान तथा नीतिगत व्यवस्था प्रचारप्रसार सम्बन्धि दुई दिने कार्यशाला कैलालीको धनगढीमा आज सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको आयोजना एवम् बृटिश रेडक्रसको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी विकास गरिएका रणनीति, निर्देशिका तथा मार्गदर्शन लगायत नितिगत व्यवस्थाका बारेमा नेपाल रेडक्रस सोसाइटीका प्रदेश तथा प्रदेश अन्तर्गतका जिल्लाशाखाहरुमा जानकारी गराउने र सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी असल अभ्यास, सिकाई तथा सुधार गर्नुपर्ने पक्षहरु र र आगामी दिनमा कसरी सामुदायिक संलग्नता तथा जवाफदेहितालाई नेपाल रेडक्रसको सम्पूर्ण सेवा तथा गतिविधिहरुमा प्रभावकारी रुपमा मूल प्रवाहीकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा कार्यक्रमको आयोजना गरिएको हो । हिजोदेखी शुरु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश , लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका १२ जिल्लाका करिब २८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा कैलाली , कंचनपुर ,अछाम , डोटी, बाजुरा, बझाङ , दाङ , कालिकोट , रुकुम पश्चिम , रोल्पा, प्युठान , जिल्लाका सहभागीहरुको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी सुदुरपश्चिम प्रदेश अध्यक्ष दिलवहादुर वुढाको सभापतित्वमा भएको कार्यशालाको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका महासचिव नवराज ढुंगाना, कैलाली जिल्ला शाखाका मन्त्री राकेश हमाल, व्रिटिस रेडक्रसका गीता पाण्डे, नेपाल रेडक्रस सोसाइटी सामुदायिक संलग्नता तथा जवाफदेहिता संयोजक सरिता ढुंगानासहितका स्वयंसेवक तथा कर्मचारीहरुको सहभागिता रहेको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री राकेश हमालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन कैलाली जिल्ला शाखाका उप कोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट दाङ जिल्ला शाखाक मन्त्री प्रकाश श्रीवन्त र प्युठान जिल्ला शाखाका सदस्य कमला रिजालले कार्यशाला गोष्ठीमा सिकेका सिकाईका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।



