Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सफलताको कथा अन्तर्गत सफल जोडीलाई सम्मान

सफलताको कथा अन्तर्गत सफल जोडीलाई सम्मान

  • समाचार
  • चैत्र १८, २०८१ मंगलवार ०८:५४ बजे
  • 1.4K
    SHARES
  • सफलताको कथा अन्तर्गत सफल जोडीलाई सम्मान

    सफल जोडी सिद्धराज रेग्मी र लक्ष्मी रेग्मीलाई सम्मान गरिएको छ । जसको कोही छैन त्यसको हामी छौं अभियान नेपाल कैलालीले संघर्षको मैदानमा सफलताको कथा अन्तर्गत सफल जोडीलाई सम्मान गरिएको हो । सुर्खेतको पञ्चपुरी नगरपालिका -५ बाबियाचौरमा बसोबास गर्दै आउनु भएका र पञ्चपुरी अस्पताल प्रालि सञ्चालन गरिरहेका सिद्वराज रेग्मीको जोडीलाई सम्मान गरिएको हो ।IMG_20250401_082313.jpg

    जसको कोही छैन त्यसको हामी छौँ अभियान नेपालका अध्यक्ष , युवा समाजसेवी नेत्र भण्डारीको टिमले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा जसको कोही छैन त्यसको हामी छौँ अभियान नेपालका पदाधिकारी तथा सदस्यहरू , सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो । जसको कोही छैन त्यसको हामी छौँ अभियान नेपालले सामाजिक कार्य समेत गर्दै आएको छ ।IMG_20250401_082218.jpg

    विं स. २०२९ सालमा अछामको कालागाउँ रोलमा जन्मनु भएका र हाल पञ्चपुरी नगरपालिका वडा नं ५ बाबियाचौरमा सिनियर अहेव छैठौं तहका सिद्धराज रेग्मी हुन् । उहाँका छोरा रोशन रेग्मी समेत एमबीबीएस डाक्टर हुन् । अर्का छोरा कपिल रेग्मी प्रोफेसरका रुपमा कार्यरत रहेका छन् ।IMG_20250401_082155.jpg

    सम्मान कार्यक्रममा बोल्दै रेग्मीले आफुले सानो उमेरमा धेरै दु:ख पाएको बताउँदै संघर्ष गर्दै जाँदा सफलता प्राप्त भइरहेको र आगामी दिनहरूमा समेत राम्रो गर्ने बताएका छन् ।

    जसको कोही छैन त्यसको हामी छौँ अभियान नेपालका संयोजक नेत्र भण्डारीले सफल जोडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको र २७ जनाको चिठ्ठा उपहारमा रेग्मीको जोडी परेको बताए ।IMG_20250401_082450.jpgIMG_20250401_082341.jpg

  • सम्बन्धित विषय:

  • # अभियान

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images