Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बेथलेहेम चर्चको १०औं वार्षिकोत्सव सम्पन्न

बेथलेहेम चर्चको १०औं वार्षिकोत्सव सम्पन्न

  • समाचार
  • चैत्र १९, २०८१ बुधवार ०७:२१ बजे
  • 1.1K
    SHARES
  • बेथलेहेम चर्चको १०औं वार्षिकोत्सव सम्पन्न

    लम्की-१९ चैत्र

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ५, चौरीमा रहेको वेथलेहम चर्चले आफ्नो १०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच चर्चले स्थापना भएको एक दशक पूरा गरेको अवसरमा वार्षिक उत्सव तथा साधारण सभा आयोजना गरेको हो।

    चर्चका पास्टर युवराज सार्कीको अध्यक्षता आयोजित कार्यक्रमको प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही रहेकी थिइन् । कार्यक्रमको अतिथि जनजागृति मावि, चौरीका अध्यक्ष रनसिंह बिक , लम्कीचुहा नगरपालिका वडा नं. ५ का वडा सदस्य पदम परियार, वडा सदस्य राधा थापा सहित विभिन्न चर्चका पास्टरहरू रहेको थिए।

    वेथलेहम चर्चले शिक्षा बाट कोहि पनि वञ्चित नहोस् र अभिभावकलाई शिक्षा को महत्व थाहा होस भन्ने उद्देश्यले हरेक दिन दिउँसो ४ बजे देखि बेलुकी ६ बजे सम्म निःशुल्क कक्षा सञ्चालन गर्दै आएको छ।

    कक्षा ८ सम्मका बालबालिकाहरूलाई उनीहरूको गृहकार्य गर्न सहयोग गर्नुका साथै उनीहरूको शैक्षिक स्तर उन्नति होस् भन्ने उद्देश्यले नि : शुल्क कक्षाहरु सञ्चालन गर्दै आएको चर्चका अध्यक्ष गगन बि.क ले जानकारी दिए।

    चर्चले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। समाजसेवाका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थप योजनाहरू ल्याउने चर्चको प्रतिबद्धता रहेको छ।

  • सम्बन्धित विषय:

  • # चर्च

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images