चैत २१ , बिहीबार
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औं वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी बिहीबार देशभर वार्षिकोत्सब मनाइएको छ । उक्त अवसरमा कैलालीको लम्कीमा रहेको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको पञ्चकोशी युवा क्लबलाई खेलकुद सामाग्री बितरण गरिएको छ ।
खेलकुद सामाग्री वितरण कार्यक्रममा क्लबका अध्यक्ष देविराम जैसीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख नबराज खनाल रहेका थिए ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख नबराज खनालले कम्पनीले बिगत १७ वर्षमा हासिल गरेका मुख्य उपलब्धिहरू अधिकृत पुँजी ५ अर्ब , चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख , जीवन बिमा कोष ४४ अर्ब ६८ करोड , कुल बिमा शुल्क आर्जन ५७ अर्ब १८ करोड , कुल लगानी ४९ अर्ब ३० करोड हुनुका साथै देशभर शाखा / उपशाखा १ सय ३३ वटा र अभिकर्ता संख्या १ लाख १८ हजार रहेका र सहायक कम्पनीहरू एसियन क्यापिटल लिमिटेडसँगै लगानी विविधिकरण अन्तर्गत हवाई , पर्यटन , जलविद्युत , बैंक , निर्जीवन बिमा र पुनःर बिमा कम्पनीमा समेत लगानी रहेको बताएका छन् । 
सफल यात्रामा हरेक कदम, हरेक प्रयासमा अथक साथ दिनुहुने आदरणीय अभिकर्ता ज्यु ,नियामक निकाय,प्रधान कार्यलयमा उच्च ब्यबस्थापक ज्युहरु तथा हामी माथि विश्वास दर्शाई हाम्रो मनोबल उच्च राखिदिने प्रत्येक शुभचिन्तकहरूमा शाखा प्रमुख खनालले कृतज्ञता ज्ञापन गरेका छन् ।
कार्यक्रममा सयौंको संख्यामा खेलाडीहरू , अभिकर्ताहरूको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव घनश्याम डाँगीले गरेका थिए ।



