नव वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका १ जनकल्याण सामुदायिक वन उपभोक्ता समुह ( पर्यटकीय क्षेत्र ग्यान्टी फाँटामा भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य चन्द्र प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह , नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावल , नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवम् अग्रज पत्रकार मनमोहन स्वार ,सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्ट , नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा , नेपालकै उत्कृष्ट सहकारी संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाह , नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य लिलाजंग शाही , नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य भीम चौधरी , नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष सुनिल आउजी , नेपाल पत्रकार महासंघ कैलालीका सदस्य गगन अयडी , विरेन्द्र शाह , सुदराम दहित , सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक एवम् चर्चित पत्रकार युवराज न्यौपाने , लम्कीचुहा वडा नं १ का वडा सदस्य चन्द्रदबहादुर विक , पत्रकार टंक कुँवर , नेपाल प्रेस युनियन लम्की शाखा कैलालीका अध्यक्ष प्रमानन्द पाण्डे ,मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बर बम , प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका सचिव खेम ढुंगाना , प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष सुरेन्द्र ताम्राकार , नेपाल पत्रकार महासंघ कैलालीका पुर्व कोषाध्यक्ष लक्ष्मी प्रसाद जैसी , नेपाल पत्रकार महासंघ कैलालीका पुर्व सदस्य देवानन्द न्यौपाने , प्रिन्स विक , लक्ष्मी कमल न्यौपाने , नेपाल पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरू , नेपाल प्रेस युनियन , प्रेस चौतारी नेपाल , प्रेस सेन्टर , समाजवादी प्रेस संगठन , विभिन्न मिडियामा कार्यरत मिडियाकर्मी , सञ्चारकर्मी , टेलिभिजन , रेडियो , पत्रिका , अनलाइन मिडियामा आबद्ध मिडियाकर्मीको सहभागीता रहेको थियो ।
चन्द्र प्रसाद खनाल नेपाल पत्रकार महासंघ कैलालीका सदस्य पलपल अनलाइन मिडिया , एफएम रेडस्टारका प्रबन्ध निर्देशक बसन्त जैसी , लम्की खबरका प्रबन्धक एवम् एभिन्युज टेलिभिजनका संवाददाता मंगल बास्कोटेको संयुक्त आयोजनामा कार्यक्रम भव्य सव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पर्यटकीय क्षेत्रमा कार्यक्रम आयोजना गरेरे राम्रो गरेको र यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने बताएका थिए । कार्यक्रम सफल पार्नका लागि महत्त्वपूर्ण भुमिका खेल्ने एफएम रेडस्टार ९५.३ मेघाहर्जका प्रबन्ध निर्देशक बसन्त जैसी र पत्रकार मंगल बास्कोटेलाई सभाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ कैलालीका सदस्य खनालले धन्यवाद व्यक्त गर्नुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
एफएम रेडस्टार ९५.३ मेघार्जका प्रबन्ध निर्देशक बसन्त जैसीको स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन पत्रकार मंगल बास्कोटेले गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले कार्यक्रमको आयोजना गरेर सबैलाई भेटघाट गर्ने अवसर प्रदान गरिएकोमा धन्यवाद व्यक्त गर्नुका साथै पत्रकारिताको मर्म र उद्देश्य अनुसार अगाडि बढ्नका लागि सहभागी समक्ष धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सहयोग गर्ने सबैलाई नेपाल पत्रकार महासंघ कैलालीका सदस्य चन्द्र प्रसाद खनालले धन्यवाद व्यक्त गरेका थिए ।



