कैलाली जिल्लाको मोहन्याल गाउपालिका ३ फलेबिसौनामा रास्कोटी ठकुरीहरुको पारिवारिक संस्था मलय बम्म स्मृति अध्ययन प्रतिष्ठान नेपाल लम्कीचुहा २ कैलालीको आयोजना र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा रक्तदान नै जीवन दान हो , रगत नालीमा होइन ,नाडीमा बगाऔं भन्ने मुल नारा सहित मोहन्याल गाउँपालिकामा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रम मलय बम्म स्मृति प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मोहन्याल गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय र बिशिस्ट अतिथिमा कार्यपालिका सदस्य नानी दमाई र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक राज गिरी रहेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधराका सभापति लक्ष्मी प्रसाद जैसी, नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्य चन्द्र प्रसाद खनाल , शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मीन बहादुर दर्लामी , समाजसेवी भिम बहादुर बिक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको संचालन प्रतिस्ठानका सचिव खगेन्द्र शाहीले गरेका थिए ।
कार्यक्रम युवा समाजसेवी हिमाल शाहीले रक्तदान गरि कार्यक्रम को उदघाटन गरिएको थियो।कार्यक्रममा १८ प्वाइन्ट रगत संकलन भएको छ ।उक्त संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा को रगत रक्त संचार केन्द्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले गरेको थियो ।
प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीले मुनाफा रहित सामाजिक संस्थाले पिछडिएको मोहन्याल गाउँपालिकामा शरीरबाट खेर जाने रगत र रगत अभावमा रहेका बिरामीलाई राहत अथवा सहयोग पुग्ने उदेश्यले मानवले गर्ने दान मध्ये रक्तदान महत्त्वपूर्ण भएकोले ग्रामीण क्षेत्रमा पनि रगतदान गर्नु पर्छ भन्ने सन्देश दिनलाई रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।



