कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ चोसेकाँडामा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा १ दिने नि:शुल्क दन्त शिविर शुक्रबार सम्पन्न भएको छ ।
विश्व रेड्क्रस दिवसको अवसरमा लम्कीचुहा २ मा रहेको मलय बम्म स्मृति अध्ययनन प्रतिस्ठान नेपालको आयोजना तथा किसान् बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्कीचुहा १ लम्कीको सहयोग र सुदूरप्राइम डेन्टल केयर प्रा.लि लम्की र शाखा कार्यलय बौनियाको प्राबिधिक सहयोगमा नि: शुल्क दन्त शिविर सम्पन्न गरिएको हो।
शिविरमा ८० जना छात्रछात्रा र ४५ जना अभिभावक सहित १ सय २५ जनाको चेकजाँच गरि उपचार गर्नुको साथै दात मुख सफा राख्नका लागि ब्रस र कोल्गेट बितरण समेत गरिएको छ। प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर बुढा रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण बम ,नेपाल पत्रकार महासंघ कैलालीका सदस्य चन्द्र प्रसाद खनाल रहनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मी साउदले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीले रास्कोटी ठकुरीहरुको पारिवारिक सामाजिक संस्था मलय बम्म स्मृति प्रतिस्ठान मुनाफा रहित सामाजिक संस्था भएकोले सुगम जिल्लाको दुर्गम मोहन्याल १ चोसेकाँडामा नि:शुल्क दन्त शिविर संचालन गरि ग्रामिण क्षेत्रमा दात र मुखबाट हुने दन्त सम्बन्धी रोग बाट बच्ने उपाय सम्बन्धि जनचेतना मुलुक सन्देश दिन खोजेको बताए ।
कार्यक्रमको संचालन प्रतिस्ठानका सचिव खगेन्द्र शाहीले गरेका थिए ।



