Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल बजार बिक्री प्रतिनिधि संघ लम्की इकाइको दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

नेपाल बजार बिक्री प्रतिनिधि संघ लम्की इकाइको दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

  • समाचार
  • बैशाख २७, २०८२ शनिवार २०:२६ बजे
  • 2.8K
    SHARES
  • नेपाल बजार बिक्री प्रतिनिधि संघ लम्की इकाइको दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

    देवानन्द न्याैपाने २७ बैशाख -लम्की

    कैलाली नेपाल बजार बिक्री प्रतिनिधि संघ लम्की इकाई, कैलालीको दाेस्राे वार्षिक साधारणसभा तथा वनभाेज कार्यक्रम आज शनिबार पर्यटकीय क्षेत्र आमपानीमा सम्पन्न भएको छ ।IMG_20250510_202447.jpg

    नेपाल बजार बिक्री प्रतिनिधि संघ लम्की इकाई, कैलालीका अध्यक्ष हृदयराज सञ्ज्यालको सभातित्वमा भएको कार्यक्रमकाे प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही रहनु भएको थियोे । कार्यक्रमकाे बिशिस्ट अतिथिमा नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष पदम भट्टराई, केन्द्रीय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इञ्चार्ज गणेश श्रेष्ठ र नाता एकेडेमीका सञ्चालक नन्दलाल लामिछाने रहनु भएको थियो ।IMG_20250510_202352.jpg

    इकाई सचिव नमराज विष्टको स्वागत मन्तव्यसंगै सुरू भएको कार्यक्रमकाे सञ्चालन दिक्षा मगरले गर्नु भएको थियो । कार्यक्रममा लम्की वितरक संघका सल्लाहकार संयोजक तिलक प्रसाद खनाल , नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय सदस्य बसन्त विसी, नेपाल बजार बिक्री प्रतिनिधि संघकालसांगठनिक सचिव रमेश भट्ट, नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष पदम भट्टराई लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा बाेल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले राजश्व कार्यालय र व्यावसायी वीच मात्र समस्या नरहेको बताउदै स्थानीय सरकारसंग पनि केही कुरामा दुःख दिने गरेको बताउनु भयाे । उहाँले व्यापार व्यावसायिहरूको संरक्षणका लागि आफू प्रतिबद्व रहेको बताउनुभयो ।

    नगर प्रमुख शाहीले नेपाल बजार बिक्री प्रतिनिधि संघकाे लम्की इकाईलाई सक्दाे सहयोग गर्ने बताउनुभयो । उहाँले इकाईले कार्यालय सञ्चालनकाे लागि जग्गाकाे व्यवस्थापन गरे नगरपालिकाले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नु भएको थियो ।

    एक अर्को प्रसंगमा बाेल्दै नगर प्रमुख शाहीले आमपानी पर्यटकीय क्षेत्र लम्कीचुहा नगरपालिकाकाे भएको बताउनुभयो । उहाँले लम्कीचुहा नगरपालिकाकाे सिमाक्षेत्र जाेगाउन लाग्दा यस क्षेत्रका नेताहरूकाे साथ सहयोग नपाएको गुनासो समेत गर्नुभएको थियो ।

    कार्यक्रममा बाेल्दै नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष पदम भट्टराईले बजार प्रतिनिलाई काम गर्न हरेक चुनाैति रहेको बताउदै राजश्व कार्यलयले अनावश्यक कम्पनी र व्यापारीलाई दुःख दिने गरेको बताउनुभयो ।

    कार्यक्रममा कैलाली लगायत विभिन्न जिल्लाका बजार प्रतिनिधिकाे सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई आयाेजकले मायाकाे चिनाे दिनुका साथै बनभाेज समेत आयोजना गरिएको थियाे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images