Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री चौधरीले लिए सपथ

उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री चौधरीले लिए सपथ

  • समाचार
  • जेठ ५, २०८२ आइतवार २१:३७ बजे
  • 1.6K
    SHARES
  • उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री चौधरीले लिए सपथ

    सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन्। आइतवार ५ बजे प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबिच प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

    सुदूरपश्चिम प्रदेशसभाको चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केही दिन पहिले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिनु भएको थियो ।

    संसदीय दलको बैठकले अध्यक्षको निर्देशन विपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो। शनिवार बसेको अर्को बैठकले विवादबिच नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई मन्त्री पदको शपथ ग्रहण गराउन सिफारिस गरेको थियो।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images