Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

शहिद स्मृति मावि लम्कीमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न

शहिद स्मृति मावि लम्कीमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • समाचार
  • जेठ ९, २०८२ बिहिवार २०:०४ बजे
  • 1.5K
    SHARES
  • शहिद स्मृति मावि लम्कीमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न

    लम्की/ जेठ ८

    लम्कीचुहा नगरपालिका वडा नम्बर १ पुर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा आज लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभिमुखिकरण कक्षा संचालन गरिएको छ । प्रहरी कार्यालय लम्की, मोतिपुरको सहयोगमा विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई " लागू पदार्थ दुर्ब्यसनी विरुद्ध " अभिमुखिकरण कक्षा कार्यक्रमको संचालन गरिएको हो ।Messenger_creation_2DE920A0-82A0-4AB9-8FBD-63EFBDB232A0.jpeg

    अभिमुखिकरण कार्यक्रममा इलाका प्रहरी कार्यालय लम्की, मोतिपुरका प्रहरी सहायक निरीक्षक अशोक चन्दले लागू पदार्थ  र मादक पदार्थ , लागू औषधका असरहरु, लागू पदार्थ तथा मादक पदार्थ दुर्व्यसनीहरुमा देखिने लक्षण्हरु, लाफु पदार्थ दुर्व्यसनबाट बच्ने उपायहरु, लागू औषधको प्रयोग तथा ओसारपसारमा संग्लग्नलाई हुने सजायका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैशी, सहायक प्रधानाध्यापक नरेश बहादुर थापा तथा शिक्षक शिक्षिका र कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय दश जनाको उपस्थिति रहेको थियो ।Messenger_creation_306831C0-4871-4C36-855C-C91514364222.jpeg

    पछिल्लो समय कैलाली जिल्लामा लागुऔषध दुर्व्यसनको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। दुर्व्यसनीहरूको संख्या बढ्नु, प्रयोग विधिमा परिवर्तन, कानुनी कारबाहीको सीमितता, रोकथाम र उपचारमा राज्यको कमजोर उपस्थिति र कैलालीलाई ट्रान्जिट हबको रूपमा प्रयोग गरिनुजस्ता कारणहरूले यो समस्या झनै जटिल बन्दै गएको छ। यस समस्याको समाधानका लागि समग्र र दीर्घकालीन रणनीति आवश्यक समेत रहेको स्थानीयहरु बताउछन ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images