Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलाशधाम तीर्थस्थल बल्चौरका संस्थापक तथा परिकल्पनाकार रिमालको श्रद्धाञ्जली सभा सम्पन्न

कैलाशधाम तीर्थस्थल बल्चौरका संस्थापक तथा परिकल्पनाकार रिमालको श्रद्धाञ्जली सभा सम्पन्न

  • समाचार
  • जेठ ११, २०८२ शनिवार १९:२९ बजे
  • 1.3K
    SHARES
  • कैलाशधाम तीर्थस्थल बल्चौरका संस्थापक तथा परिकल्पनाकार रिमालको श्रद्धाञ्जली सभा सम्पन्न

    देवानन्द न्यौेपाने १० जेठ, लम्की 

    विश्व हिन्दु एकता परिषद् नेपाल, कैलाशधाम तीर्थस्थल जगद्गुरू आश्रम बल्चौरका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार स्वर्गिय लक्ष्मीराम रिमालको १६ औं दिनको पुण्य तिथिको अवसरपारी धाम परिसरमा आज शनिबार श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको छ ।IMG-20250524-WA0006.jpg

    विश्व हिन्दु एकता परिषद् नेपाल, कैलाशधाम तीर्थस्थल जगद्गुरू आश्रम बल्चौरका उपाध्यक्ष खडानन्द सापकोटाको सभाअध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको प्रमुख अतिथीमा संस्थाका सल्लाहाकार संयोजक समेत रहनु भएका लम्कीचुहा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष लबबहादुर शाही रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ताराप्रसाद अधिकारी रहनु भएको थियो । कार्यक्रममा संस्थामा आबद्ध सदस्य लगायतकाको सहभागिता रहेको थियो ।IMG-20250524-WA0011.jpg

    श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष लब बहादुर शाहीले कैलाशधामका संस्थापक अध्यक्ष लक्ष्मीराम रिमालले धामकोे स्थापना तथा निमार्णमा गर्नु भएको योगदानको उच्च मुल्याकंन हुने बताउदै उहाँका सपना पुरा गर्न सबै लाग्नुपर्ने बताउनु भयो । कैलाशधाम तीर्थस्थल निमार्णको काम आफ्नै कार्यकालभित्र सम्पन्न गर्ने गरी आफु लागेको बताउदै वडा अध्यक्ष शाहीले स्वर्गिय रिमाल प्रति श्रद्धाञ्जलीकासाथ उहाँको परिवारजनमा समबेदना प्रकट गर्नु भएको थियो ।IMG-20250524-WA0007.jpg

    कार्यक्रममा बोल्दै समाजसेवी तथा धार्मिक व्यक्तित्व नमराज उपाध्यायले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा लामो समय देखि क्रियाशिल रिमालको बारेमा स्मरण गदै उहाँको अधुरो सपनालाई पुरा गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।IMG-20250524-WA0007.jpg

    कार्यक्रममा बोल्दै स्वर्गिय रिमालकी छोरी दुर्गा रिमालले कैलाशधामलाई पुर्ण बनाएर यो संसारबाट बिदाहुने बुवाको सपना अधुरै रहेको स्मरण गदै कैलाशधाम निमार्णमा सबै मिलेर सहयोग गरे मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै संस्था उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष खडानन्द सापकोटाले संस्थाका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार रिमालको निधनले संस्थाले कल्पनानै नगरेको अपुरणिय क्षेति बेहोर्नु परेको बताउदै रिमालप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । अहिले संस्थाका सबै पदाधिकारी रिमालको निधनले स्तब्ध रहेको बताउदै उहाँको लक्ष्य, सपना र कैलाशधामलाई मिनि हरिद्धार बनाई सञ्चलन गर्ने परिकल्पनालाई जिवन्त राख्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।IMG-20250524-WA0009.jpg

    साथै श्रद्धाञ्जली सभामा मार्फत स्वर्गिय रिमालको परिवारलाई संस्थाको तर्फबाट काजकिरिया खर्च वाफत रु. २५ हजार रुपैयाँ बराबरको चेक समेत हस्तान्तरण गरिएको छ ।IMG-20250524-WA0005.jpg

    श्रद्धाञ्जली सभापछि आजै कार्यसमितिको बैठक बसि अर्को साधारण सभा नहुदा सम्म संस्थाका उपाध्यक्ष खडानन्द सापकोटालाई कार्यबाहाक अध्यक्षको जिम्मेवारी दिइएको छ । भने संस्थाद्धारा सञ्चालित कामधेनु गौशालाको उपमितिको संयोजकमा संस्थाका प्रवक्ता धिरज शाहीलाई जिम्मेबारी दिइएको छ ।

    विश्व हिन्दु एकता परिषद् नेपाल, कैलाशधाम तीर्थस्थल जगद्गुरू आश्रम बल्चौरका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार स्वर्गिय लक्ष्मीराम रिमालको मिति २०८२ साल बैशाख २७ गते राती कैेलाशधाममा नियमित पुजापाठ र गौसेवा गरी घर फर्किने क्रममा लम्की बहुमुखी क्याम्पस नजीक सड्क दुर्घटनामा परि निधन भएको हो । स्वर्गिय रिमालका श्रीमति र २ छोरा, २ छोरी रहेका छन ।

    २०२० साल असार २० गते अछामको कुईका स्थित अमरसैनमा जन्मेका रिमाल हाल लम्कीचुहा नगररपालिका २ मोतिपुरमा स्थायी रुपमा बस्दै आउनु भएको थियोे । लामो समय देखि लम्कीमा किराना, कपडाको व्यापारहुदै हाल नास्ता, खाजाकोे होटल सञ्चालन गदैै आउनु भएका रिमाल २०३६ साल देखि नेपाली कांंग्रेसको रााजनितिकमा समेत सक्रिय रहनु भएकोे थियो । साविक बलिया गाविस हुदा स्वर्गिय रिमाल नेपाली कांग्रेसको वडाका विभिन्न पदहुदै नेपाली कांग्रेसको गाउँ कार्यसमितिको उपसभापति पदमा रहेर समेत समाजसेवामा प्रतिबद्ध रहनु भएको थियो ।

    भारतका विभिन्न तीर्थृस्थलकोे अध्ययन र भ्रमण पश्यात स्वर्गिय रिमाल नेपालमा रहेका धार्मिक क्षेत्रको उजागर गरी यस क्षेत्रका धार्मिक स्थलको उद्गम स्थलको अनुसंधानकोे लागि २०५४ सालमा कैेलाश मानसरोबरको यात्रा गर्नु भएकोे थियो । त्योे क्रममा उहाँले जुम्लाको चन्दनाथ, प्युठानको स्वर्गद्धारी, मुस्ताङ्गको कागबेनी, मुक्तिनाथ लगायतका तीर्थ क्षेत्रमा समेत पुग्नु भएको थियो । मानसरोबरको यात्रा पुरा गरी फर्केपछी कर्र्णाली नदी मानसरोबर बाट बगेर आएको पवित्र नदी मानस गंगा भएको र सो किनारमा भगवान् बलरामले बिश्राम गरेको बल्चौैर क्षेत्रमा कैलाशधाम तीर्थस्थल बनाउने र कर्णाली नदीलाई मानस गंगाको रुपमा स्थापित गर्ने उद्देश्यले यस क्षेत्रका स्थानियको सहयाोगमा २०५६ सालमा विश्व हिन्दु एकता परिषद् नेपाल संस्था दर्ता गरी कैलाशधाम निर्माणमा लाग्नु भएको थियो । कैलाशधामले सिंगो नेपाललाई चिनाउने गरी कैलाशधामा २०७२ सालमा श्री अष्टोत्तरसत् महालक्ष्मी माताको भब्य मन्दीरको निमार्ण सुरु गर्नु भएको थियोे । उहाँले मन्दीरको प्राणप्रतिष्ठा नहुदा सम्म एक छाक मात्र शुद्ध खाना मात्र खाने प्रतिज्ञा लिनु भएको थियो ।

    दक्षिण भारतीय शिखर शैलीमा निमार्ण भईरहेको मन्दीरमा १०८ देविदेवताका मुर्तिहरु स्थापना गरिने लक्ष्य लिइएको छ । लामो समयको प्रयास पछी नेपाल राष्ट्रका प्रथम जगद्गुरु बालबन्त श्री मोहनशरण देवाचार्य बाट मिति २०८० माघ १ गते निमार्णाधिन मन्दिरमा नर्मदेश्वर स्वरुपा भगवान शिवको विशाल शिवलिङ्ग स्थापना गरी कैलापति महादेवको रुपमा पुजापाठ गरी विधिपुर्वक प्रणप्रतिष्ठा गरिएको थियो ।

    सवा लाख (१,२५,०००।) गाईको दुधबाट कर्णाली नदीमा अभिशेष गरी सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह लगगायत प्रदेश मन्त्री, सासंद्, स्थानीय जनप्तिनिधि संगै लाखौ भक्तजनको सहभागितामा मानसगंगा घोषणा गरिएकोे हो । कैलाशधाममा हाल स्थानीय जातका ३ सय बढी गाईको कामधेनु गौशालामा संरक्षण गरिदै आएको छ । धाममा कैलाशधाम आर्यघाट निमार्णको क्रममा रहेको छ । स्वर्गिय रिमालले यस क्षेत्रको धार्मिक पर्यटन क्षेत्रमा खेल्नु भएको भुमिका र कैलाशधाम तीर्थस्थलको गर्नु भएको परिकल्पना तथा निमार्णले यस क्षेत्रका सबेले सधै स्मरण गरिरहनेछन ।

    सामुदायिक रेडियो पश्चिम आवाज स्थापनाकालमा समेत सहयोग गर्नु भएका रेडियोका आजिवन सदस्य स्वर्गिय लक्ष्मीराम रिमाल प्रति हाद्धिक श्रद्धाञ्ञ्जली अर्पण गर्दछौ ।

  • सम्बन्धित विषय:

  • # कैलाशधाम

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images