रंगप्रसाद तिमिल्सैना लम्की/ जेठ ११
लम्कीचुहा नगरपालिका वडा नम्बर १ पुर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा आज आइतबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । विद्यालयमा शैक्षिक सत्र २०८२ मा पुनर्गठन गरिएका युवा रेडक्रस सर्कल, सहिद स्मृति बाल क्लब तथा इको क्लबका पदाधिकारी र सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रमको संचालन गरिएको हो ।
कार्यक्रममा रेडक्रस अभियान, जुनियर युवा रेडक्रसको इतिहास , गठन प्रक्रिया, विद्यालयमा जुनियर युवा रेडक्रस सर्कलले गर्नुपर्ने गतिविधि, सर्कलको काम कर्तव्य अधिकारका विषयमा अभिमुखिकरण गरिएको थियो ।
त्यसैगरि कार्यक्रममा बल क्लबको काम, कर्तव्य र अधिकार बाल अधिकार , बल संरक्षण लगायत इको क्लबले विद्यालय खेल्नुपर्ने भुमिका , इको क्लबको परिचय , काम, कर्तव्य र अधिकार , बैठक संचालन प्रक्रियाका विषयमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपकोषाध्यक्ष एवम् सहिद स्मृति माध्यमिक विद्यालयका शिक्षक रंगप्रसाद तिमिल्सैनाले प्रशिक्षण दिनुभएको थियो ।
विद्यालयमा गठन गरिएका क्लबहरुको उदेश्य र भुमिका बुझाउन, क्लबका कार्यसमितिको जिम्मेवारी स्पष्ट पार्न, नेतृत्व क्षमता विकास गर्न , क्लबहरुको वार्षिक कार्य योजना बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पुर्णप्रसाद जैशीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैशी, सहायक प्रधानाध्यापक नरेश कुमार थापा, शिक्षक रंगप्रसाद तिमिल्सैना, संस्थापक प्रधानाध्यापक एवम् शिक्षक नायक नोबेन्द्रा बराल निमावि इन्चार्ज रामबहादुर रावल अतिरिक्त क्रियाकलाप संयोजक एवम् इको शिक्षक कला रिमाल शिक्षक सृष्टि जैशी, प्रावि इन्चार्ज नस्पता शाही लगायत ४२ जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।



