Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रवासी नेपाली संघ भारतमा प्रवेश तथा संघको संगठन बिस्तार

प्रवासी नेपाली संघ भारतमा प्रवेश तथा संघको संगठन बिस्तार

  • समाचार
  • जेठ १३, २०८२ सोमवार १२:१४ बजे
  • 2.0K
    SHARES
  • प्रवासी नेपाली संघ भारतमा प्रवेश तथा संघको संगठन बिस्तार

    प्रवासी नेपाली संघ भारत कर्नाटक - केरला संयुक्त राज्य समितिद्वारा संचालित पुर्बी नगर समिति बैंगलोर ( क ) को भूगोल महादेवपुरा को चिनप्पाले आउटमा राज्य समितिका अध्यक्ष राजेन्द्र प्रसाद खनालको पहलमा र राप्रपा भारत प्रवास कमिटी कर्नाटक राज्य समितिका सचिव कविराज रेग्मी र नविन कुमार बुढा क्षेत्रीको सकृयतामा प्रवासी नेपाली जनसमुदायहरुको बीचमा भेला दिनांक २५/०५/२०२५ का दिन सम्पन्न भएको छ ।Messenger_creation_A619841F-E6C9-4F12-9B0F-DE3E051D8815.jpeg

    उक्त भेलामा प्रमुख अतिथि संघका केन्द्रीय उपसचिव तिलकराज कडेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथि संघका केन्द्रीय सचिवालय सदस्य एवं कर्नाटक - केरला संयुक्त राज्य समितिका इन्चार्ज माधव भण्डारी हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा संघका केन्द्रीय सदस्य एवं कर्नाटक - केरला संयुक्त राज्य समितिका अध्यक्ष राजेन्द्र प्रसाद खनाल , राज्य समिति उपाध्यक्ष अमृता खनाल , राज्य समिति सचिवालय सदस्य एवं पुर्बी नगर समिति बैंगलोर ( क ) इन्चार्ज लक्ष्मी कडेल , राज्य समिति सदस्य एवं पुर्बी नगर समिति बैंगलोर ( क ) अध्यक्ष मथुरा शाही पौडेल , युवा संघ नेपाल कैलाली जिल्ला कमिटीका पूर्व सदस्य पूर्ण प्रसाद धमाला , पुर्बी नगर समिति बैंगलोर ( क ) उपाध्यक्ष लक्ष्मी न्यौपाने र पुर्बी नगर समिति बैंगलोर ( क ) का सचिव लक्ष्मी अधिकारी ढुंगाना हुनुहुन्थ्यो ।Messenger_creation_70F5E956-650E-46C7-93D0-691D69320C75.jpeg

    भेलाको सुरुमै राप्रपा भारत प्रवास कर्नाटक राज्य समितिका सचिव कविराज रेग्मीले उक्त संगठनको पदीय जिम्मेवारी र साधारण सदस्यता समेत परित्याग गरि प्रवासी नेपाली संघ भारतको विधान लाई अक्षरस स्वीकार्दै प्रवासी नेपाली संघ भारतमा प्रवेशको घोषणा गर्नुभएको थियो ।

    उहाँ लगायतका नव प्रवेशीहरुलाई भेलाका प्रमुख अतिथि संघका केन्द्रीय उपसचिव तिलकराज कडेलले संघको सदस्यता प्रदान गर्दै अबिर लगाई दोसल्ला ओढाएर संघमा स्वागत गर्नुभएको थियोे । राज्य समितिका अध्यक्ष राजेन्द्र प्रसाद खनालको विशेष पहल र नव प्रवेशी कविराज रेग्मी र नविन कुमार बुढाक्षेत्री को सकृयतामा भएको भेलामा व्यापक छलफल पछि १९ सदस्यीय महादेव पुरा चिनप्पा लेआउट प्रारम्भिक समिति गठन गरिएको छ । Messenger_creation_A9AB82C3-D188-47C5-8EA8-E66FED307D31.jpeg

    जसमा : ०१) अध्यक्ष - शंकर परियार ०२) उपाध्यक्ष - कृष्णा खनाल ०३) सचिव - नारायण ज्ञवाली ०४) उपसचिव - जानकी रेग्मी चौलागाईं ०५) कोषाध्यक्ष - एकेन्द्र रावल ०६) सदस्य - महेश्वरी कुवर ०७) सदस्य - अनिता परियार ०८) सदस्य - झुपलाल ढकाल ०९) सदस्य - पुनम पाण्डे १०) सदस्य - मनिषा रेग्मी ११) सदस्य - भावना रावल १२) सदस्य - जानकी रेग्मी १३) सदस्य - रमिता रेग्मी १४) सदस्य - बीमला पोख्रेल १५) सदस्य - स्वस्तिका खनाल १६) सदस्य - गणेश रेग्मी १७) सदस्य - प्रेमा लामा १८) सदस्य - डिलन चौलागाईं १८) सदस्य - १ स्थान रिक्त  छ । 

    भेलामा उपस्थित सम्पूर्ण अतिथि हरुले नव गठित प्रारम्भिक समितिका कार्यकारिणी हरुलाई शुभकामना तथा प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो भने भेलाका प्रमुख अतिथिले नव निर्वाचित कार्यकारिणीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवासी नेपाली संघ भारत

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images