Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

२५ औं मुक्ति दिवसको अवसरमा एकता नगर शिविरमा मनाउने निर्णय

२५ औं मुक्ति दिवसको अवसरमा एकता नगर शिविरमा मनाउने निर्णय

  • समाचार
  • आषाढ ७, २०८२ शनिवार १७:१९ बजे
  • 2.9K
    SHARES
  • २५ औं मुक्ति दिवसको अवसरमा  एकता नगर शिविरमा मनाउने निर्णय

    मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेश समितिको बैठक लम्की एकता नगर शिविरमा शनिबार सम्पन्न भएको छ ।IMG_20250621_170854.jpg

    मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका अध्यक्ष चन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको बैठकमा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी , कानुन विशेषज्ञ एवम् प्रवक्ता बालाराम भट्टराई , मुक्त कमैया समाज कैलालीका अध्यक्ष भरतलाल थारू , मुक्त कमैया समाजका केन्द्रीय सदस्य एवम् कैलाली जिल्ला उपाध्यक्ष सितादेवी चौधरी , मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव बिमल कुमार चौधरी , सदस्यहरू भिखु चौधरी , पशुनारायण चौधरी , लक्ष्मण राना , कार्यपालिका सदस्य दुर्गा कामी , सुदूरपश्चिम प्रदेश सदस्य हंसिराम चौधरी , स्क्याड नेपाल कोषाध्यक्ष बसन्ती चौधरी , स्क्याड नेपाल सचिव सीता चौधरी , स्क्याड नेपालका लेखापाल क्रमदेव चौधरी लगायत प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरू , आमन्त्रित विशिष्ट व्यक्तित्वहरूको सहभागीतामा बैठक सम्पन्न भएको हो ।IMG_20250621_170628.jpg

    आगामी साउन २ गते २५ औं मुक्ति दिवसको अवसरमा लम्कीचुहा नगरपालिका वडा नं -१ एकता नगर शिविरमा मनाउने निर्णय बैठकले गरेको छ ।

    साथै कार्यक्रमको प्रमुख अतिथिका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई आमन्त्रण गर्ने र मन्त्री , जनप्रतिनिधि , राजनीतिक दलका प्रमुखलाई समेत कार्यक्रममा आमन्त्रण गर्ने निर्णय गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुक्त कमैया समाज

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images