असार ११ , २०८२ लम्की
कैलालीकाे बर्दगाेरिया गाउँपालिका वडा न ६बाँसकाेटीमा रहेकाे श्री महुन्याल माध्यमिक विद्यालयमा नमुना विद्यालय बहुवर्षिय गुरुयाेजनाकाे मस्यौदामाथि छलफल तथा सुझाव संकलन कार्यशाला गाेष्ठी सम्पन्न भएको छ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल विश्वकर्माकाे सभापतित्वमा सम्पन्न गाेष्ठी कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएकाे थियाे। कार्यक्रममा वडा न ६ का वडाध्यक्ष रञ्जित चाैधरी , शिक्षा शाखा प्रमुख नन्दा भट्ट र देवेन्द्र शाही, धिरेन्द्रा जाेशी लगायकका अतिथि रहनु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रिका जाेसीले कार्यक्रमकाे अाैचित्य माथि प्रकाश पार्नुभएकाे थियाे।
कार्यक्रममा वडाध्यक्ष रञ्जित चाैधरी र शिक्षा शाखा प्रमुख नन्दा भट्टले शुभकामना मन्तव्य सहित सुझाव पनि दिनुभएको थियाे ।
कार्यक्रममा प्रमुख अतिथिकाे सिटबाट बाेल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगाेरिया गाउँपालिकाे शैक्षिक विकासका लागि अाफु लागिपरेकाे र महुन्याल माविलाई नमुना विद्यालय बनाउन अाफु निरन्तर लागि पर्ने धारणा व्यक्त गर्नु भएकाे थियाे।
कार्यक्रममा अभिभावक ,विद्यार्थी र शिक्षक शिक्षिककाे उल्लेख्य सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक पुष्कर सुनारले गर्नुभएको थियाे ।



