Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा जैसी निर्विरोध निर्वाचित

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा जैसी निर्विरोध निर्वाचित

  • समाचार
  • आषाढ १९, २०८२ बिहिवार १७:५० बजे
  • 1.8K
    SHARES
  • राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा जैसी निर्विरोध निर्वाचित

    नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्र प्रसाद जैसी बिहीबार निर्विरोध निर्वाचित भएका छन्। प्रदेशको पहिलो अधिवेशनमा जैशी र मुकेश धामीको निर्वाचन समितिमा उम्मेदवारी परेको थियो।

    आपसी सहमतिमा अध्यक्षमा जैशी निर्वाचित भएका हुन्। यससँगै जैशीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। निर्वाचित पदाधिकारीलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यबाहक सभापति लोकराज अवस्थी र निर्वाचन समिति संयोजक गंगाराम पाध्यायले खादा र टीका लगाएर बधाई तथा सम्मान गरेका थिए।

    निर्वाचित घोषणा सभामा सुदूरपश्चिम प्रदेशका पाटी प्रवक्ता सुरत रावत ‘डोटेली कान्छा’, प्रदेश सदस्यद्वय रामबहादुर देउवा, टेकराज जोशी ‘डिके’, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भीमबहादुर बलायर, नेपाल विद्यार्थी संघका नेता प्रकाश परियार, राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय सदस्यद्वय अनिल मल्ल, देवु टमट्टालगायतको उपस्थिति थियो। जैसी सामाजिक रुपमा सक्रिय हुनुहुन्छ ।

    मोहन्याल गाउँपालिका वडा नं ६ मा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार भइसक्नु भएको छ ।

    निर्विरोध निर्वाचित गराउन साथ सहयोग गर्ने र शुभकामना बधाई ज्ञापन गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । साथै हाम्रो पलपल अनलाइन मिडियाको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images