Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

२९ करोडको ठेक्का सम्झौता सँगै थप काम अगाडि बढ्ने

२९ करोडको ठेक्का सम्झौता सँगै थप काम अगाडि बढ्ने

  • समाचार
  • आषाढ २४, २०८२ मंगलवार २२:४७ बजे
  • 2.0K
    SHARES
  • २९ करोडको ठेक्का सम्झौता सँगै थप काम अगाडि बढ्ने

     

    कर्णाली नदीको पानी लम्कीचुहामा ल्याउने दीर्घकालीन योजना अन्तर्गत काम तीव्र गतिमा अघि बढिरहेको छ। दोस्रो चरणको निर्माण कार्यका लागि सुप्रीम जयमाता जेभी, काठमाडौंसँग २९ करोड ४८ लाख ४ सय १९ रुपैयाँ ५ पैसाको ठेक्का सम्झौता गरिएको छ।IMG_20250708_222458.jpg

    लम्कीचुहा सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्याकेज–२ अन्तर्गतको सम्झौता २०८२ साल असार २३ गतेदेखि लागू भई २०८५ असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको लम्की खानेपानी संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणको काम अन्तर्गत मुहान क्षेत्रमा १४ करोड लागतमा ५ वटा कुवा, जमिनमुनिको ट्यांकी तथा पाइपलाइन डुढेझारीसम्म विस्तार गरि सकिएको छ।IMG_20250708_222443.jpg

    “यो लम्कीबासीको भविष्यसँग जोडिएको योजना हो। लम्कीका बासिन्दा लामो समयदेखि चुना मिसिएको पानी सेवन गर्दै आएका छन्। अब भने कर्णालीको शुद्ध पानी पिउन पाउनेछौं,” अध्यक्ष चलाउनेले भन्नुभयो । 

    उक्त आयोजनाका लागि पहल कदमी लिनेमा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही, खानेपानी मन्त्री प्रदीप यादव सहित सम्बन्धित कर्मचारीहरूको समेत योगदान रहेको छ। नगर प्रमुख शाहीले लम्कीमा खानेपानीको सपना पूरा गर्न निरन्तर प्रयास गरेकी थिइन्। “यो मेरो व्यक्तिगत सपना मात्रै होइन, सम्पूर्ण नगरवासीको आवश्यकता हो। अब हामी सफल हुँदैछौं,” नगर प्रमुख शाहीले बताइन् ।IMG-20250707-WA0017(1).jpg

    सम्झौता अनुसार अबको कार्यकालमा बल्चौरमा फिल्टर प्लान्ट, लम्की र कौवापुरमा साढे ४ लाख लिटर क्षमताका दुई ओभरहेड ट्यांकी, ८ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर साखा पाइपलाइन विस्तार गरिनेछ। १ अर्ब लागतको यो आयोजना पहिलो चरणमा लम्कीचुहाको वडा नं. १ देखि ५ सम्म कार्यान्वयन हुनेछ ।IMG-20250707-WA0018.jpgIMG-20250707-WA0020.jpg

    कर्णालीको पानी लम्कीचुहा बासीलाई पहिलो चरणमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले शिलान्यास गर्नु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images