एनएमबी बैंक लिमिटेड लम्की शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवशक्ति श्रीविद्यापीठ गुरुकुल विद्याश्रम ( मा.वि.)लाई नगद ५० हजार रकमको चेक हस्तान्तरण गरिएको छ ।
शिवशक्ति श्री विद्यापीठ गुरुकुल विद्याश्रम ( मा.वि.) लम्कीचुहा नगरपालिका लम्की कैलालीको १२ औं स्थापना दिवस वार्षिकोत्सब तथा गुरुपुजन कार्यक्रममा बिहीबार चेक रकम हस्तान्तरण गरिएको छ । 

एनएमबी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख बिरुराम जैशी , लम्की शाखाका शाखा प्रबन्धक प्रकाश चन्द्र पन्तले शिवशक्ति श्रीविद्यापीठ चन्द्र मौलिश्वरका संस्थापक परमाध्यक्ष श्री निषेशानन्द जी महाराजलाई चेक हस्तान्तरण गरेका हुन् ।



