मुक्त कमैया समाजले गर्ने २५ औं मुक्ति दिवसको तयारी तिव्र पारिएको छ । लम्कीचुहा नगरपालिका -१० चाहना नगर शिविर छलफल गरिएको छ ।
मुक्त कमैया समाज लम्कीचुहा नगर सदस्य बुधराम चौधरीको अध्यक्षतामा भएको छलफलमा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी , कानुन विशेषज्ञ एवम् प्रवक्ता बालाराम भट्टराई , मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सदस्य भरतसिंह चौधरी , मुक्त कमैया समाजका कैलाली सदस्य मैतुराम चौधरी , नगर सचिव किसन चौधरी लगायतकाको सहभागीतामा छलफल सम्पन्न भएको हो ।
यहीँ साउन २ गते २५ औं मुक्ति दिवसको अवसरमा लम्कीचुहा नगरपालिका वडा नं -१ एकता नगर शिविरमा मनाउने भएकाले तयारी तिव्र पारिएको छ ।
यस्तै कैलालीको पुर्वी पालिकाबाट सुरु गरिएको छलफल कार्यक्रम टीकापुर नगरपालिका , जानकी गाउँपालिका , लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न ठाउँमा गरिएको छ । छलफल कार्यक्रम जारी रहेको छ ।
साथै कार्यक्रमको प्रमुख अतिथिका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई आमन्त्रण गरिसकिएको र मन्त्री , जनप्रतिनिधि , राजनीतिक दलका प्रमुखलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ ।
साउन २ गते ११:३० बजे लम्कीमा जम्मा भएर र्याली सहित एकता नगर शिविरमा १ बजे कार्यक्रम सुरु हुनेछ ।



