Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

छैन नी चोलिया गीत मञ्जु पौडेल युटुबमा सार्वजनिक

छैन नी चोलिया गीत मञ्जु पौडेल युटुबमा सार्वजनिक

  • समाचार
  • श्रावण १७, २०८२ शुक्रवार ११:१६ बजे
  • 1.7K
    SHARES
  • छैन नी चोलिया गीत  मञ्जु पौडेल युटुबमा सार्वजनिक

    गायक रेशमलाल चौधरी र गायिका मञ्जु पौडेलले नयाँ तीज गीत ‘छैन नि चोलिया’ सार्वजनिक भएको छ । चर्चित कार्यक्रम सञ्चालिका एवम् गायिका मञ्जु पौडेल युटुबमा गीत रहेको छ । नारीहरूको महान चाँड तीजको अवसरमा तीज गीतहरू सार्वजनिक भइरहेका समयमा उक्त गीत सार्वजनिक भएको छ ।

    पछिल्लो समय तीजका नाममा अश्लीलता र विकृति बढिरहेको गुनासोबीच मौलिक लोकभाव र सांस्कृतिक बोकेको तीज गीत बिहिबार साँझ सार्वजकिन भएको छ। गीतमा गायिका पौडेलसँगै गायक एवं गीतकार रेशम चौधरीको आवाज रहेको छ भने शब्द पनि चौधरीकै सिर्जना हो । दुवै कलाकारले गीतमा प्रस्तुत गरेका भाव, लय र प्रस्तुतिले नेपाली महिलाहरूको चाड तीजको मौलिकता र भावनात्मक पक्षलाई उजागर गरेका छन् ।

    पछिल्ला वर्षहरूमा तीज गीतहरू व्यवसायिकता र मनोरञ्जनको नाममा मौलिकताबाट टाढा गइरहेका बेला पौडेल र चौधरीको यो सांगीतिक प्रयास मौलिक नेपाली लोकसंस्कृतिको संरक्षणतर्फ ध्यान केन्द्रित गराउने खालको गीत सार्वजनिक गरेका हुन् । गीतको शीर्षक ‘छैन नि चोलिया’ नै महिलाको पहिरन, भावनात्मक चाहना र नेपाली परिवेशमा आधारित जीवनशैलीसँग गहिरो सम्बन्ध राख्दछ । गीतले महिलाहरूको संस्कृति, रहनसहन, तथा चाडपर्वमा हुने भावना र अपेक्षालाई गहिरो रूपमा चित्रण गर्ने प्रयास गरेको गायिका मञ्जु पौडेलले बताइन ।

    तिज गीत गायिका मञ्जु पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । जसमा परम्परागत पहिरन, नृत्य र भाव भंगिमा प्रयोग गरिएको छ । भिडियोको छायांकन, सम्पादन र निर्देशनले पनि गीतको मौलिकतालाई अझ उजागर गरेको देखिन्छ । गायिका मञ्जु पौडेलले यसअघि पनि थुप्रै तीज गीतहरू सार्वजनिक गरिसकेकी छन् । जसले मौलिकता, सामाजिक सन्देश र सांगीतिक परिष्कारमा आधारित भएर श्रोता–दर्शकमाझ लोकप्रियता कमाएका छन् । पछिल्लो समय तीजका गीतहरूमा प्रयोग हुने भाषा, पहिरन र दृश्यहरूले नेपाली समाजमा आलोचना खेप्दै आएका छन् ।

    यस्ता गीतहरूले नेपाली चाडपर्वको मौलिकता नै हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिँदै आएको छ । यस्ता अवस्थाबीच ‘छैन नि फरिया’ जस्तो गीतले मौलिकपन र मूल्य–मान्यतालाई अगाडि ल्याएर तीजको वास्तविक सम्झाउने काम गरेको गायिका पौडेलले बताइन । गीतले बजारमुखी तडकभडकभन्दा पर गई संस्कार र संस्कृति जोगाउने पक्षलाई प्राथमिकता दिएको गायिका पौडेलको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # मनोरञ्जन
  • # तीजगीत

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images