जातीय भेदभाव अन्त्य गरौं , महिला हिंसा घरेलु हिंसा बन्द गरौं भन्ने मुल नारा रहेको महिला जागरण केन्द्र नेपालको आयोजनामा र टेवा अनुदान नेपाल संस्थाको सहयोगमा जातीय छुवाछूत विरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरूसँग नगर स्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
महिला जागरण केन्द्र नेपालका अध्यक्ष विष्णा बिसीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लमकीचुुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुषमा महता केसी , राष्ट्रिय दलित आयोग पुर्व माननीय रमा वादी , नेपाली कांग्रेसका लम्कीचुहा नगर सभापति इन्द्रबहादुर कुँवर , नेकपा एमालेका नगर अध्यक्ष शेर बहादुर बिष्ट , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष कमल भुल , लम्कीचुहा नगरपालिका भित्रका वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू , सामाजिक अगुवाहरू , दलित अगुवाहरू , सञ्चारकर्मीहरू , सुरक्षाकर्मीहरूको सहभागीता रहेको थियो ।
,टेवा नेपालका सदस्य बालकुमारी सुनारले कार्यक्रममा धारणा राख्नु भएको थियो भने जातीय भेदभाव सम्बन्धी जानकारी प्रशिक्षक प्रेम विकले सहभागीलाई जानकारी गराउनु भएको थियो । मुख्य सल्लाहकार गोपाल विकले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले आफूमा क्षमताको विकास गर्नुपर्ने बताइन्। ‘तालीम गोष्ठी मात्र गरेर विभेदको अन्त्य हुँदैन । त्यसका लागि आफूमा भएको क्षमताको अभिवृद्धि गर्नु पर्छ,’ नगरप्रमुख शाहीले भनिन्, ‘विभेद हरेक जातमा रहेको छ। दलितमा मात्रै विभेद छैन, हरेक जातमा छ। यसलाई न्यूनिकरण गर्नको लागि आफूमा भएको क्षमतालाई वृद्धि गर्ने, शिक्षित हुनुपर्ने पर्छ ।’
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य रमा बादीले आफू दलित आयोगमा रहँदा धेरै अनुभव रहेको बताउँदै, कानुन मात्रैले नपुग्ने, त्यसका लागि उचित बजेट र कानुन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् ।
२०७२ सालमा स्थापना भएको महिला जागरण केन्द्र, नेपालले नेतृत्व विकास, जनचेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धिका कार्यक्रम, मानव अधिकारको वकालतसँगै आयआर्जनका तालिमहरू प्रदान गर्दै आएको कार्यक्रमकी सभाध्यक्ष विष्णा वि.सी. सपनाले जानकारी दिनु भएको थियो ।



