Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

महिला हिंसा घरेलु हिंसा सम्बन्धी सचेतना मुलक ३ दिने अभिमुखीकरण तालिम सुरु

महिला हिंसा घरेलु हिंसा सम्बन्धी सचेतना मुलक ३ दिने अभिमुखीकरण तालिम सुरु

  • समाचार
  • श्रावण २१, २०८२ मंगलवार १८:२० बजे
  • 2.0K
    SHARES
  • महिला हिंसा घरेलु हिंसा सम्बन्धी सचेतना मुलक ३ दिने अभिमुखीकरण तालिम सुरु

    चन्द्र प्रसाद खनाल लम्की , साउन २०

    जातीय भेदभाव अन्त्य गरौं , महिला हिंसा घरेलु हिंसा बन्द गरौं भन्ने मुल नारा रहेको महिला जागरण केन्द्र नेपालको आयोजनामा र टेवा अनुदान नेपाल संस्थाको सहयोगमा जातीय छुवाछूत महिला हिंसा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम मंगलबार सुरु भएको छ । लम्कीचुहा नगरपालिका वडा नं १० को वडा सभाहलमा करिब ४० जना दलित तथा गैरदलित महिलाहरूको सहभागीता रहेको छ ।IMG_20250805_182516.jpg

    महिला जागरण केन्द्र नेपालका अध्यक्ष विष्णा बिसी (सपना) को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लमकीचुुहा नगरपालिका वडा नं १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहनु भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिका कार्यपालिका सदस्य सेतु विक , महिला अगुवाहरू , सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो ।IMG_20250805_182544.jpg

    टेवा नेपालका सदस्य बालकुमारी सुनारले कार्यक्रममा धारणा राख्नु भएको थियो महिला हिंसा , घरेलु हिंसा सम्बन्धी सन्देश मुलक विषयवस्तु प्रशिक्षक प्रेम विकले प्रशिक्षण दिइरहनु भएको छ। मुख्य सल्लाहकार गोपाल विकले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

    २०७२ सालमा स्थापना भएको महिला जागरण केन्द्र, नेपालले नेतृत्व विकास, जनचेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धिका कार्यक्रम, मानव अधिकारको वकालतसँगै आयआर्जनका तालिमहरू प्रदान गर्दै आएको कार्यक्रमकी सभाध्यक्ष विष्णा वि.सी. सपनाले बताएकी छन् ।

    महिला जागरण केन्द्र नेपाल लम्कीचुहाको मुख्य उद्देश्य महिलाहरू सक्षम एवम् शिक्षित बन्नुपर्ने , घरेलु हिंसा हुन नदिने , जातीय विभेद न्युनिकरण गर्ने लक्ष्य रहेको बताइएको छ । तालिम ३ दिनसम्म सञ्चालन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # सुदुरपश्चिम प्रदेश

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images