प्रवासी नेपाली संघ भारत कर्नाटक - केरला संयुक्त राज्यसमितीद्वारा सञ्चालित पुर्वी नगर समिति बैंग्लोर (क) महिला बिभागको आयोजनामा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ । भारत प्रवासमा भएतापनि आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्न भारतको कश्मिरदेखि आसामसम्म कन्याकुमारीदेखि साउथसम्मका विभिन्न राज्यहरूमा प्रवासी नेपाली संघ भारतले स्थापना कालदेखि नै धार्मिक पर्वहरू भव्य र सभ्य रूपमा मनाउँदै आईरहेको छ ।
यसैगरी प्रबासी नेपाली संघ भारत कर्नाटक केरला सयुक्त राज्य समितिद्वारा संचालित पुर्वी नगर समितिले तिर्सना धमलाको अध्यक्षतामा भएको उक्त तिज बिशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको संचालन नगर समिति सचिब लक्ष्मी ढुंगानाले गर्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अथिति प्रबासी नेपाली संघ भारतका केन्द्रिय उपसचिव तिलकराज कडेल रहेका थिए । भने विशिष्ट अथितीमा प्रबासी नेपाली संघ भारतका केन्द्रिय सदस्य तथा कर्नाटक केरला संयुक्त राज्य समिति इन्चार्ज माधव भण्डारी रहनु भएको थियो ।
अथितीहरुमा प्रबासी नेपाली संघ भारत केन्द्रिय सदस्य तथा कर्नाटक केरला संयुक्त राज्य समिति अध्यक्ष युवा नेता राजेन्द्र प्रसाद खनाल , महिला राज्य उपाध्यक्ष अमृता खनाल ,राज्यसचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख जितबहादुर रिजाल राज्य सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख कृष्ण खड्का ,राज्यसचिवालय सदस्य गिता मिश्र , राज्यसचिवालय सदस्य तथा पुर्वीनगर समिति बैंग्लोर (क) इन्चार्ज लक्ष्मी कडेल ,राज्य सदस्य हेमा कडेल ,राज्य सदस्य कविराज रेग्मी राज्य सदस्य नवीन बुढाक्षेत्री ,राज्य सदस्य टेक बहादुर कटुवाल ,राज्य सदस्य तथा पुर्वीनगर समिति बैंग्लोर (क)का अध्यक्ष मथुरा शाही पौडेल , राज्य समिति सदस्य एवं उत्तर नगर समिति बैंगलोर अध्यक्ष कर्ण बहादुर ओली , राज्य समिति सदस्य एवं पुर्बी नगर समिति बैंगलोर ( ख ) अध्यक्ष टेकराज खड्का र पुर्बी नगर समिति बैंगलोर ( ग ) बाट कमल शाही रहेका थिए ।
अथितीहरुले आसन ग्रहण गरिसकेपछि राष्ट्र र राष्ट्रियताको लागि आफ्नो ज्यानको आहुती दिनुभएका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेटको मौनधारण पछि पुर्वी नगरसमिती बैंग्लोर (क)का सदस्य दुर्गा ढुंगानाले उपस्थित जनसमुदायहरुलाई शब्द द्वारा स्वागत मन्तब्य संगै कार्यक्रम सुरुवात भएको थियो ।
कार्यक्रममा प्रमुख अथिती लगायत अथितीहरुले हिन्दु नारीहरुको महान पर्व हरितालिक तिजको शुभकामना मन्तब्य राख्नु भएको थियो।
प्रबासी नेपाली संघ भारत कर्नाटक केरला सयुक्त राज्य समितिको मातहतमा रहेका सबै नगर समितिले आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो भुगोलमा भब्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको राज्य समितिका अध्यक्ष राजेन्द्र प्रसाद खनालले जानकारी दिनुभयो । 



