थारू कृषि विद्यार्थी समाज सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कैलालीको आयोजनामा अटवारी तथा बिदाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
टीकापुर बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । थारू कृषि विद्यार्थी समाजका अध्यक्ष नरेश रानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक राजेश झा रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक रक्षा शर्मा , स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पस तथा स्कुल अफ एग्रिकल्चरका स्ववियु सभापति किरण साउद , उमेश न्यौपाने , उमेश चौधरी रहनु भएको थियो ।
कार्यक्रममा अतिथिमा स्वतन्त्र विद्यार्थी युनियनका सदस्य शिशिर तिरुवा , निवर्तमान स्ववियु सदस्य निलम चौधरी लगायत विद्यार्थीहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन किरण चौधरी , जुनी चौधरी , अभिषेक राना र निलम रानाले गरेका थिए ।



