Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रबासी नेपाली संघ भारतको तिज विशेष कार्यक्रम सम्पन्न

प्रबासी नेपाली संघ भारतको तिज विशेष कार्यक्रम सम्पन्न

  • समाचार
  • भाद्र ९, २०८२ सोमवार १५:३४ बजे
  • 2.5K
    SHARES
  • प्रबासी नेपाली संघ भारतको तिज विशेष कार्यक्रम सम्पन्न

    प्रबासी नेपाली संघ भारतले भारतका बिभिन्न शहरहरुमा आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्न महिलाहरुको महान चाँड हरितालिका तीज विशेष कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।Messenger_creation_EE91A5F1-6935-4976-B29E-C5553A02F8E1.jpeg

    यसै क्रममा 24/08/2025 दिन प्रबासी नेपाली संघ भारत कर्नाटक केरला सयुक्त राज्य समितिद्वारा संचालित उत्तर नगर समिति महिला बिभाग बैंगलोरले तिज बिशेष कार्यक्रम सभ्य र भव्य रुपमा एक कार्यक्रम बिच महिला बिभाग प्रमुख भगवती शाहीको अध्यक्षता भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रबासी नेपाली संघ भारत केन्द्रीय उपसचिव तिलक राज कडेल रहनु भएको थियो ।Messenger_creation_4123B4A7-A76D-4CA7-BCE3-DA23C07A2AE6.jpeg

    कार्यक्रममा विशिष्ट अतिथि प्रबासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा कर्नाटक केरला सयुक्त राज्य समिति ईन्चार्ज माधब भन्डारी अन्य अतिथिहरुमा प्रबासी नेपाली संघ भारत केन्द्रीय सदस्य दिनेश कुमार बास्तोला , प्रबासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा कर्नाटक केरला सयुक्त राज्य समिति अध्यक्ष राजेन्द्र प्रसाद खनाल , राज्य उपाध्यक्ष तथा महिला बिभाग प्रमुख अमृता खनाल , राज्य समिति उपसचिव दिपक बिक , आर्थिक बिभाग प्रमुख जित बहादुर रिजाल , राज्य सचिवालय सदस्य तथा पुर्वी नगर समिति ईन्चार्ज लक्ष्मी कडेल, राज्य समिति सचिवालय सदस्य तथा उत्तर नगर समिति ईन्चार्ज भरत खड्का , सचिवालय सदस्य तथा खेलकुद बिभाग प्रमुख हरिप शाही , सचिवालय सदस्य गिता मिश्र सचिवालय सदस्य कृष्ण रोकाया राज्य सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख कृष खड्का राज्य समिति सदस्य हरू मा कबि राज रेग्मी, नबिन बुढा क्षेत्रि,टेक बहादुर कटुवाल, बिनोद जैसि, बिस्नु बुढा, दिर्घ डक्रमि,नरेश बिक जोति पार्कि ,राज्य समिति सल्लाहकार पार्बती कडेल,पुर्वी नगर समिति अध्यक्ष मथुरा साहि पौडेल, उत्तर नगर समिति अध्यक्ष करण बहादुर ओली लगायतका अतिथिहरु उपस्थित रहेको उक्त कार्यक्रम बैंगलोरको बानसबाडिमा सम्पन्न भएको थियो ।Messenger_creation_DA05DCAD-579A-4FD4-8086-0188260000B0.jpeg

    कार्यक्रम सञ्चालन महिला बिभाग सचिव अस्मिता पौडेल, उपसचिव सर्मिला शाहीले गरेका थिए। कार्यक्रममा बालकलाकारहरुले समेत आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

    यसैगरी प्रबासी नेपाली संघ भारत कर्नाटक केरला संयुक्त राज्य समितिद्वारा सञ्चालित पुर्बी नगर समिति महिला विभागले पनि गत 17/08/2025 मा तिज बिशेष दर खाने कार्यक्रम भब्य र सभ्य रूपमा सफल पारेको थियो । Messenger_creation_D639B338-6E9A-438A-BE59-2FBBAFB335F8.jpeg

    भोलि 26/08/2025 मा पनि प्रबासी नेपाली संघ भारत कर्नाटक केरला सयुक्त राज्य समितिद्वारा संचालित पुर्बी नगर समिति (ख) र ( ग) महिला बिभागले पनि तिज बिशेष कार्यक्रम सभ्य र भव्य रुपमा मनाउने तयारी गरिरहेको प्रबासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा कर्नाटक केरला सयुक्त राज्य समिति अध्यक्ष राजेन्द्र प्रसाद खनालले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • # प्रवासी नेपाली संघ

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images