✍️ गिता गड्तौला थापा , समाजसेवी
भाद्र महिनाको शुक्ल तृतीयामा पर्ने तीज पर्वमा भगवान शिवको पुजा आरधना गरि विवाहित महिलाले श्रीमान तथा छोराछोरीको दिर्घायुको लागि र अविवाहित महिलाले असल पति पाउने जनविश्वासका साथ तीज पर्वमा भगवानको पुजा गरि मनाउने गरिन्छ ।
पार्वतीले भगवान शिवजिलाई प्राप्त गर्न कठोर व्रत गरेकी थिइन।अन्ततः शिवजीले पार्वतीलाई पत्निको रूपमा स्वीकार गरेको दिनलाई स्मरण गरेर तीजमा महिलाहरु कठोर व्रत बस्ने गरेको पाइन्छ ।अविवाहित कन्याले राम्रो वरको अपेक्षा गरेर र विवाहित नारिले परिवार तथा पतिको लामो आयु,सुस्वास्थ्य,सुख ,शान्ति ,समृद्धिको कामना गर्दै व्रत गर्नु तीजको विशेषता रहेको पाइन्छ ।
तीज धार्मिक, सास्कृतिक ,सामाजिक र मनोभावनाका दृष्टिले नेपाली नारिहरुका लागि महत्त्वपूर्ण चाड हो।समयको वेग संगै तीज पर्व पनि केही मौलिकतालाई ओझेलमा पार्दै सिङ्गारिएर छ ।नारी सजिनु ,सिङ्गारिनु स्वाभाविकै छ ।सति प्रथा जस्तो जघन्य ,क्रूर हिंसालाई भोगेर आएका नेपाली महिलाहरु भरखरै पहिलो दर्जाको नागरिक सरह जिउन थालेका छन ।अझै पनि यो समाजमा चितामा नजलाइएका ज्युदा सतिहरु तमाम छन ।कतिपय क्रुर निर्मम हत्याको सिकार छन ।
तीजको मौलिकतालाई परिवर्तन गर्ने होइन,रुढीबादीग्रस्त सोच ,गलत सामाजिक चिन्तनलाई परिवर्तन गर्न आवश्यक छ । तीजलाई भड्किलो बनाउने हुँदैन।सबै वर्गका महिलाहरुले सहज तरिकाले मनाउन सक्ने,स्वीकार गर्न सक्ने र सहभागिता जनाउन सकिने तीज हुनुपर्छ ।
निरआहार ब्रतले स्वास्थमा असहज अवस्था सृजना गरि दिन सक्छ । तीजमा नाच्ने आगनको दुबो मर्दैन आजभोलि ,छोरीचेली आएपछि सुखदुःख बाडौला भनेर आशा गरेर बसेका बुढा बाआमाको कथा मनभित्रै गुम्सि रहन्छन् , न त सुन्ने फुर्सद छ न त सुनाउने तालमेल छ ।
त्यसकारण तीजलाई खास मौलिक पर्व बनाउन सबैको भुमिका,जिम्मेवारी र व्यवहारिकता आवश्यक छ ।सबैलाई तीज पर्व २०८२ को हार्दिक शुभकामना छ ।



