Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रवासी नेपाली संघको तिज विशेष कार्यक्रम सम्पन्न

प्रवासी नेपाली संघको तिज विशेष कार्यक्रम सम्पन्न

  • समाचार
  • भाद्र १०, २०८२ मंगलवार २१:५७ बजे
  • 2.8K
    SHARES
  • प्रवासी नेपाली संघको तिज विशेष कार्यक्रम सम्पन्न

    प्रवासी नेपाली संघ भारत कर्नाटक केरला संयुक्त राज्य समितिद्वारा सञ्चालित पुर्बी नगर समिति बैंगलोर ( ख)र (ग) महिला विभागलेधध संयुक्त रुपमा आयोजना गरेको तिज बिशेष कार्यक्रम सफलता पुर्वक आज हर्ष उल्लासका साथ सम्पन्न भएको छ ।IMG_20250826_215610.jpg

    यस अघि पुर्बी नगर समिति बैंगलोर ( क ) र उत्तर नगर समिति बैंगलोरफे पनि भव्य , सभ्य र शान्तिपूर्ण वातावरणमा सानदार रुपले कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

    यसै क्रममा आज दिनांक 26/08/25 मा भयको उक्त तिज कार्यक्रम भावना शाहले संचालन गर्नुभएको थियो भने कार्यक्रम संचालनमा पुर्बी नगर समिति बैंगलोर ( ग ) का अध्यक्ष झंकर साउद र सचिव कमल शाहीले सहयोग गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नगर समिति उपाध्यक्ष मनिषा भट्टराईले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रबासी नेपाली संघ भारतका केन्द्रीय समिति उपसचिव तिलक राज कडेल, बिशिष्ट अतिथि प्रबासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा कर्नाटक केरला सयुक्त राज्य समिति ईन्चार्ज माधब भन्डारी ,यसैगरी अन्य अतिथि हरुमा प्रबासी नेपाली संघ भारत केन्द्रीय सदस्य दिनेश कुमार बान्तोला, प्रबासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा कर्नाटक केरला सयुक्त राज्य समिति अध्यक्ष राजेन्द्र प्रसाद खनाल, राज्य उपाध्यक्ष तथा महिला बिभाग प्रमुख अमृता खनाल ,राज्य समिति सचिव राम प्रसाद जोशी, राज्य समिति सहसचिव भरत बाल्लि, राज्य समिति सहसचिव दिपक बिक , आर्थिक बिभाग प्रमुख जित बहादुर रिजाल,सचिवालय सदस्य गिता मिश्र, सचिवालय सदस्य कृष्ण रोकाया,राज्य सचिवालय सदस्य एव संगठन बिभाग प्रमुख कृष्ण बहादुर खड्का, सचिवालय सदस्य तथा पुर्वी नगर समिति ईन्चार्ज लक्ष्मी कडेल, राज्य समिति सदस्यहरू हेमा कडेल , टेक बहादुर कटुवाल, राज्य समिति सदस्य जोति पार्की , राज्य समिति सदस्य कबि राज रेग्मी, राज्य समिति सदस्य नरेश बिक , राज्य समिति सदस्य प्रकाश परिवार, राज्य समिति सदस्य नविन बुढा क्षेत्री , राज्य समिति सदस्य तथा पुर्वी नगर समिति (ख ) अध्यक्ष टेकबहादुर खड्का, राज्य समिति सदस्य तथा पुर्वी नगर समिति (ग) अध्यक्ष झंकर साउद , समाजसेवी रमेश खड्का , भुपेन्द्र शाही , ललित भट्ट , कृष्ण सेडाई , लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।Messenger_creation_7B43695C-345B-4261-8194-2924E1741955.jpeg

    उपस्थित जनसमुदाय हरुलाई नविना थापा शाहीले शब्दद्वारा स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि तिलकराज कडेलले प्रवासी नेपाली संघ भारतले आफ्नो स्थापना कालदेखि नै हामी जुनसुकै ठाउँमा जुनसुकै भेगमा छरिएर बसे पनि हाम्रो धर्म संस्कृतिको जगेर्ना गर्न नेपाली संस्कृति परम्परा , रितिरिवाज अनुसारका कार्यक्रमहरु गर्दै आएको र महिलाहरुको महान पर्व हरितालिका तीजलाई पनि विशेष रुपमा महत्त्व दिदै आएको कुरा उल्लेख गर्दै शुभकामना मन्तब्य ब्यक्त गर्नु भयको थियो । कार्यक्रममा प्रवासी नेपाली संघ भारत कर्नाटक केरला सयुक्त राज्य समितिद्वारा संचालित पुर्बी नगर समिति ( क) का बाल कलाकारहरुको आकर्षक नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।Messenger_creation_ACCEACF0-A4B7-43B0-9C3D-124C27D1890D.jpeg

    अहिले सम्म नगर स्तरिय महिला बिभागले आयोजना गरेका तिज कार्यक्रमलाई प्राविधिक रुपमा पुर्बी नगर समिति बैंगलोर ( क ) का उपसचिव पियुस धामिले सहयोग गरेर सफलता पुर्वक सम्पन्न गर्नु भएको थियो , आयोजक नगर समिति र महिला बिभाग लाई राज्य समिति अध्यक्ष राजेन्द्र प्रसाद खनालले धन्यवाद व्यक्त गर्नु भएको छ ।Messenger_creation_0BE66643-5BEB-4CD6-9982-C56807D65665.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवासी नेपाली संघ

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images