रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय लम्की कैलालीको जीवन बिमा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम शनिबार लम्कीमा सम्पन्न भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाका शाखा प्रमुख तपेन्द्र देवकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय सेल्स हेड प्रकाश धिताल रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट रहनु भएको थियो । अतिथि एमडी आरडी दुर्गादेवी धामी , करोडपति एजेन्सी आशा विक र एमडी आरडी एजेन्सी रमिशा ढकाल लगायत अभिकर्ताहरूको सहभागीतामा कार्यक्रम लम्कीमा भदौ १४ गते शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको एमडी आरटी बन्न सफल , करोड पति एजेन्सी , व्यक्तिगत कोडमा राम्रो बिमा गर्ने र सहभागीहरूे कम्पनीको लक्ष्य पुगाएकालाईलाई तेलको पोका उपहार , सम्मानपत्र , खादा र ट्रफी समेत प्रदान गरी बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा एजेन्सी म्यानेजर , अभिकर्ता , लम्की शाखामा कार्यरत कर्मचारीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी शंकर बहादुर सुनारले गर्नु भएको थियो भने सञ्चालन इश्वर धमालाले गर्नु भएको थियो ।
कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय सेल्स हेड प्रकाश धिताल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टले सहभागीहरूलाई विभिन्न विषयमा बिमा सम्बन्धी जानकारी दिनु भएको थियो ।
भिडियो : पलपल अनलाइन मिडियामा हेर्नुहोस्



