लम्की / भाद्र २९
६१औं राष्ट्रिय बाल दिवस -२०८२ का अवसरमा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नारासहित बालकल्याण मावि भुरुवाको प्राङ्गणमा सम्पन्न भएको छ । 
लम्की बाल संजालको आयोजना र सृजनशील बाल क्लब ,बालकल्याण मावि भुरुवाको सहकार्यमा अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत मावि तह (६-१०) कविता वाचन र प्रावि तह (४-५) हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम प्रसाद न्यौपाने , विशिष्ट अतिथि बिद्यालयका प्रधानाध्यापक धर्मा न्यौपाने र अतिथिहरु मावि इन्चार्ज तथा बाल क्लबका शिक्षक प्रतिनिधि दिपेन्द्रजंग रावल लगायत अन्य शिक्षक तथा अभिभावकहरुको आतिथ्यता रहेको कार्यक्रमको सभापति लम्की बाल संजालका अध्यक्ष क्षितिज जैशी रहनु भएको थियो
।
बाल संजालकी सचिव यसोदा जैशीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा मावि तह कविता वाचन प्रतियोगिता तर्फ रोशन तिखार्ती पहिलो , सरिता जैशी दोस्रो , भावना ढकाल तेस्रो र निशा न्यौपाने चौथो भएका थिए ।
प्रावि तह हाजिरी जवाफ प्रतियोगितामा यमुना रेग्मी ,वसन्त बि क र साहरा तिमिल्सिनाको सदन प्रथम , दिपिका बुढा ,धिरज पौडेल र मेनुका खनालको सदन द्दितिय ,सृजना तिमिल्सिना ,शिशिर परियार ,तिर्सना रानामगरको सदन तृतीय र प्रियाङ्का जैशी, करुणा उपाध्याय र हिक्मत बि कको सदन सान्त्वना स्थान आउन सफल भएका थिए ।
उत्कृष्ट प्रतियोगी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका शिक्षक शिव बहादुर थापाले जानकारी दिनु भएको छ ।
कार्यक्रमको संचालक लम्की बाल संजालका सदस्य कमल प्याकुरेलले गर्नु भएको थियो ।
क उत्कृष्ट विद्यार्थीहरूलाई हार्दिक बधाई एवं शुभकामना समेत व्यक्त गरिएको थियो ।



