Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम

निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम

  • समाचार
  • आश्विन २४, २०८२ शुक्रवार १९:४१ बजे
  • 1.4K
    SHARES
  • निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम

    निर्धन उत्थान लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टीकापुर कैलालीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । देबसरा ऎरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं १ र का वडा अध्यक्ष मोहन बि. क. रहनु भएको थियो।

    कार्यक्रममा विशिष्ट अतिथिमा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. क्षेत्रीय कार्यालय अत्तरिया (सुदूरपश्चिमका )का कार्यक्रम अधिकृत बाबुराम कडेल रहनु भएको थियो । यस्तै अतिथिहरूमा शाखा कार्यालय टीकापुरका शाखा प्रमुख लक्ष्मी पौडेल, लम्की शाखाका शाखा प्रमुख शेखर पौडेल, जोशिपुर शाखाका शाखा प्रमुख रामचरन चौधरी , लम्की शाखाका लेखापाल आसिफ खान रहनु भएको थियो। कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो ।

    कार्यक्रमको संचालन टीकापुर शाखाका लेखापाल बलदेब चौधरीले गर्नु भएको थियो ।

    कार्यक्रमको उद्देश्य संस्थामा आवद्ध सदस्य लाई वित्तिय जनचेतना जगाउने , बचतको महत्त्व, बचत गर्नुको फाइदा , कर्जा लिएर कर्जाको सदुपयोग के कसरि गर्ने, कर्जा सदुपयोग गर्दाको फाइदा, कर्जा दुरुपयोग गर्दा पार्ने प्रभावका विषयमा जानकारी गराइएको थियो ।

    सामाजिक, मानसिक तथा आर्थिक प्रभाव बारे प्रष्ट पार्नुको साथै संस्थाले प्रदान गर्ने सेवा सुविधाका बारेमा समेत जानकारी दिइएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images