Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सिटी हल तथा सङ्ग्रहालयको मुख्यमन्त्री शाहले शिलान्यास गर्ने

सिटी हल तथा सङ्ग्रहालयको मुख्यमन्त्री शाहले शिलान्यास गर्ने

  • समाचार
  • मंसिर १०, २०८२ मंगलवार १७:४६ बजे
  • 1.4K
    SHARES
  • सिटी हल तथा सङ्ग्रहालयको मुख्यमन्त्री शाहले शिलान्यास गर्ने

    कैलालीको लम्कीचुहा नगरपालिका–४ नम्बर वडा कार्यालय पछाडि भल्का क्षेत्रमा प्रदेश सरकारको १३ करोडभन्दा बढी लागतमा निर्माण हुने सिटी हल तथा सङ्ग्रहालयको भोलि मंसिर १० गते बिहान ९ बजे शिलान्यास गरिने भएको छ।

    यस क्षेत्रमा विभिन्न कार्यक्रम गर्न समस्या भए पछि र पर्यटनका दृष्टिले पनि आवस्यक भएकाले मुख्यमन्त्री कमल बहादुर शाहले सिटी हल र संग्रहालय निर्माण गर्न प्रदेश सरकार बाट बजेट छुट्याउनु भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त भवनको औपचारिक रूपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । 

    निर्माण हुन लागेको सिटी हल तथा सङ्ग्रहालयले यश क्षेत्रको सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने यस संरचनाबाट विभिन्न कार्यक्रम, प्रदर्शनी तथा सार्वजनिक सभाका लागि सुविधा पुग्ने विश्वास लिइएको छ।

    उक्त भवनको निर्माण कार्य आगामी २०८४ साल असोज ३० गतेसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ। तोकिएको अवधिभित्र गुणस्तरीय संरचना निर्माण गरी नगरवासीलाई सेवा प्रवाह गर्ने लक्ष्यसहित योजना अगाडि बढाइएको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # सुदुरपश्चिम प्रदेश

  • कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images