२०२९ साल दैलेखमा जन्मभइ २०३० साल देखी कैलालीको साबिक सुगरखाल ६ मा बसोबास गरि हाल लम्कीचुहा नगरपालिका वडा नं ६ मा लिलाजंग शाही बसोबास गरिरहनु भएको छ । नेपालमा बहुदलीय प्रजातन्त्र आए लगत्तै २०४७ जेष्ठ २ गते नेकपा एमालेको साधारण सदस्य लिइ आबद्ध भएको २०५५ साल देखि पार्टीको संगठित सदस्य प्राप्त गर्नु भएको थियो । साबिक सुगरखाल ६ बाट २०५४ सालको स्थानीय निकायको निर्वाचनमा निर्वाचित २०६३ बाट साबिक चुहा गाबिस गाउकमिटी सचिबको जिम्मेवारी सम्हालेका थिए ।
२०६३ मा लम्कीबाट प्रकाशित पश्चिम आवाज साप्ताहिकबाट पत्रकारिता सुरु गरि टिकापुर दैनिक ,हटलाइन दैनिक ,सुदूर सन्देश दैनिक ,अनुमोदन दैनिक र २०७० देखि कोसेली एफएमको प्रबन्ध निर्देशक रहनु भएको छ । २०६३ देखि प्रेस चौतारीमा आवद्ध भई २०६४ मा जिल्ला कमिटी सदस्य , २०६७ मा जिल्ला कमिटी सचिव,नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य ,,बौनिया जेसीजका संस्थापक अध्यक्ष ,२०६२ देखि २०७१ सम्म कृष्ण माध्यमिक विद्यालय लम्कीचुहा ६ बाघमारामा शिक्षक , २०७२ सेती अञ्चल समन्वय, नेपाल पत्रकार महासंघ प्रदेश सभा सदस्य , २०७८ सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य ,केन्द्रीय कमिटी सदस्य ,केन्द्रीय लेखा आयोग सदस्य ,हाल नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिम प्रदेश कमिटी सदस्यको भुमिका निर्वाह गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य ,बिकास निर्माण र समाज परिबर्तन लागि मर्यादित सक्रिय ,श्रमजीवी पत्रकारले पार्टी निर्माण कार्यमा नि: स्वार्थ भावना सहित निरन्तर खटिरहनु भएका लिला जंग शाही नेकपा एमाले कैलाली नं २ बाट समानुपातिकमा सिफारिस भएका छन् ।
कैलाली क्षेत्र नं २ मा जनतामाझ लोकप्रिय रहेका शाहीलाई पार्टीले यो पटक समानुपातिक सांसद बनाएर न्याय गर्नुपर्छ । पार्टीको संगठन निर्माणदेखि प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेशमा संगठनमा शाहीको भुमिका महत्त्वपूर्ण हुन्छ ।



