चन्द्र प्रसाद खनाल , लम्की माघ ६
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नं २ बाट १६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट १३ जनाले राजनीतिक दलबाट र ३ जनाले स्वतन्त्र गरि १६ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्द्र कुमार श्रेष्ठले बताए ।
निर्वाचन अधिकृत श्रेष्ठका अनुसार नेपाली कांग्रेसका तर्फबाट विजय बहादुर स्वार , नेकपा एमालेका तर्फबाट सुर्य बहादुर थापा , नेपाली कम्युनिस्ट पार्टीबाट नन्द बहादुर साउद ( राजेन्द्र ) , राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल , राप्रपाबाट भरतसिंह बिसी , नेकपा माओवादीबाट दिल बहादुर साउद , प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डम्बर बहादुर रावल , नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी पुनमगर , नागरिक उन्मुक्ति पार्टी नेपालबाट पतिराम चौधरी , मितेरी पार्टी नेपालबाट सम्झना बिष्ट थापा , नेसनल मानवताबादी पार्टीबाट करवीरे कडाँरा , आमजनता पार्टी एकल चुनाव चिन्हबाट खगेन्द्र बहादुर रावत , नेसनल रिपब्लिक पार्टीबाट दल बहादुर बुचामगर , स्वतन्त्रबाट मोहनसिंह राठौर , राजेश मयाल विक , दिपक रावलले उम्मेदवारी दर्ता गराएका छन् ।



