कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले डोटीकोे जोरायल गाउँपालिकामा व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सुरु गरेको छ । सहकारीले सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको जोरायल गाउँपालिकामा रहेका अफ्ना ४५ जना कृषक सदस्यलाई व्यवसायिक सुन्तला उत्पादन सम्बन्धी २ दिने तालिमको आयोजना गरेको हो ।
परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका सदस्यहरुको क्षमता अभिवृद्धि गरी व्यवसायिक सुन्तला कृषक बनाई सदस्यको आय–आर्जन बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले बताउनु भयो ।
तालिमबाट कृषक सदस्यले सुन्तला रोप्ने देखी बजारीकरण सम्मको सैद्दान्तिक ज्ञान हाँसिल गर्न सक्ने तालिमका प्रशिक्षक कृषि विकास प्रमूख प्रदीप साउँदले बताउनु भयो । “सहभागीहरुलाई सैद्दान्तिक ज्ञान सँग–सँगै सुन्तलाबारीमा लगेर व्यवहारिक प्रशिक्षण समेत दिने छौ ।” – प्रशिक्षक साउँदले बताउनु भयो ।
बिहिबार तालिमको उद्घाटन् समारोहमा बोल्दै सहकारीका जोरायल शाखा प्रमूख किरण कुमारी चौधरीले सदस्यलाई आत्मनिर्भर बनाउँने अभियान यस तालिम मार्फत सञ्चालन भएको बताउनु भयो ।
उक्त समारोहमा उपस्थित कृषि प्राविधिक राम सिंह बोहराले तालिमबाट सुन्तला उत्पादन तथा स्थानियको आम्दानी बृद्धिहुने अपेक्षा गर्दै सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उद्घाटन समारोह संस्थाका विभागिय प्रमूख भोजराज भट्टराईको अध्यक्षतामा भएको हो ।
चरणबद्धरुपमा कृषक सदस्यलाई कृषि बाली छनौट गर्न लगाई तालिम दिईने किसान बहुउद्देश्यीय सहकारी संस्थाका विभागिय प्रमूख दिपकराज ढुङ्गानाले जानकारी दिनु भएको छ ।
२०५२ सालमा कैलालीको लम्कीमा स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्था नेपालकै अग्रणी सहकारी संस्था हो । हाल संस्थाले ३ वटा व्यवसायीक युनीट मार्फत सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशमा रहेका झण्डै ९३ हजार सदस्यलाई सेवा दिदै आएको छ



