शिक्षण सिकाइ सहयोग अनुदान संघर्ष समिति कैलालीले शिक्षक महासंघ लम्कीचुहालाई बुधबार ध्यानाकर्षणपत्र बुझाएको छ । शिक्षक महासंघ लम्कीचुहाका अध्यक्ष रामप्रसाद तिमिल्सिनालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष तिमिल्सिनाले शिक्षण सिकाइ सहयोग अनुदान संघर्ष समितिले राखेका मागहरूका सम्बन्धमा ऐक्यबद्धता जनाउनुका साथै सहयोग रहने प्रतिबद्धता जनाएका छन् । यस्तै लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपानेलाई समेत शिक्षण सिकाइ सहयोग अनुदान सङ्गघर्ष समित कैलालीले ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख न्यौपानेले सकरात्मक प्रतिक्रिया दिदै प्रतिबद्धता समेत व्यक्त गरेका थिए । नपुग भएको रकम निकसाका लागि पहल गर्ने , विद्यालयमा शिक्षण सिकाइ अनुदानमा नियुक्ति भएका शिक्षकहरुलाइ कार्यबिधी अनुसारको तलब व्यवस्था गर्ने , यस लम्कीचुहा नगरपालिकामा शिक्षण सिकाइ सहयोग अनुदानमा नियुक्ति र अभिलेखिकरणकालागि चाडै प्रक्रिया सुरु गर्ने बताइएको छ । ध्यानाकर्षणपत्र बुझाउन शिक्षण सिकाई अनुदान सङ्गघर्ष समिती कैलाली संयोजक तथा केन्द्रिय सदस्य गणेश राज शाही ,केन्द्रिय सदस्य तेज भण्डारी, कैलाली सचिब पुष्प महर , उपाध्यक्ष बिनय चौधरी , पदम बुढा लगायत करिब २० जनाको सहभागीता रहेको थियो ।



