Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

ग्लोबल एकेडेमीको १० वार्षिकोत्सब कार्यक्रम सम्पन्न

ग्लोबल एकेडेमीको १० वार्षिकोत्सब कार्यक्रम सम्पन्न

  • समाचार
  • फाल्गुण ११, २०८२ सोमवार १०:५४ बजे
  • 760
    SHARES
  • ग्लोबल एकेडेमीको १० वार्षिकोत्सब कार्यक्रम सम्पन्न

     श्री लम्की ग्लोबल एकेडेमी इंग्लिस बोर्डिङ स्कुल लम्कीचुहा नगरपालिका -२ भल्का , कैलालीको १० औं अभिभावक दिवस तथा वार्षिकोत्सब कार्यक्रम २०८२ भव्य सव्य रुपमा विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । लम्की ग्लोबल एकेडेमी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बालाराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमबहादुर बिष्ट रहनु भएको थियो ।

    कार्यक्रमका विशिष्ट अतिथिमा त्रिवेणी मावि बढीगाउँका पुर्व प्रधानाध्यापक देविराम अधिकारी , जनजागृति मावि चौरीका पुर्व प्रधानाध्यापक डम्बर बहादुर थापा मगर , अतिथिमा विद्यालयका संयोजक चक्र बहादुर भण्डारी , सहप्राध्यापक हेमन्त शिशिर , शिक्षिका सुस्मा सुनार लगायत विद्यालयका अभिभावक , समाजसेवी , शिक्षाप्रेमी , पुर्व विद्यार्थी , बुद्धिजीवी , विद्यार्थीहरू , कलाकारलगायतका रहेका थिए ।

    कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य , विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । ग्लोबल एकेडेमी स्कुल सामाजिक , शैक्षिक गतिविधिमा अगाडि रहेको छ । उत्कृष्ट अंक ल्याएर स्कुल प्रथम , द्वितीय र तृतीय स्थान ल्याउने विद्यार्थीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । अनुशासनमा उत्कृष्ट छात्र छात्रालाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    विद्यालयमा  नियमित आउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरूलाई सम्मान समेत गरिएको थियो ।

    १० औं अभिभावक दिवस तथा वार्षिकोत्सब कार्यक्रममा सुदूरपश्चिम संस्कृति संरक्षण समाज लम्कीचुहा -४ लाई समेत नगद सहयोग गरिएको थियो । शिक्षिका सुस्मा सुनारको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक मिलनराज खनालले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images