कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ४ निवासी मानवसेवा आश्रम लम्कीका अभिभावक , समाजसेवी , अधिवक्ता , शिक्षाप्रेमी विष्णुप्रसाद खनाल र जानकी कुमारी ढुंगानाका छोरा युनिक खनालको जन्मदिनको अवसरमा सहयोग गरिएको छ ।
लम्की मानवसेवा आश्रम मुख्य केन्द्रमा जन्मदिनको अवसरमा मानवसेवा आश्रममा रहेकालाई खानपानमा सहजहोस् भन्ने उद्देश्यले रु ५१ सय नगद रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
मानवसेवा आश्रम लम्कीका सञ्चालक विनोद थापालाई उक्त रकम हस्तान्तरण गरिएको छ ।जन्मदिनको अवसरमा मानवसेवा आश्रममा रहेका असाह्यहरूलाई फलफूल सहित केक काटेर खुवाउनुका साथै खाना समेत खुवाइएको थियो ।
जन्मदिन मनाउन मानवसेवा आश्रम लम्कीमा युनिक खनालका बुवा विष्णु प्रसाद खनाल , आमा जानकी कुमारी ढुंगाना , साइली आमा मीना कुमारी रिमाल खनाल पुसाई टीकाराम न्यौपाने , फुपु मनसरा न्यौपाने , ठूलो बुवा धनन्जय खनाल , दिदी जीविका खनाल , अंकल तपेन्द्र देवकोटा , दाजु धर्मराज खनाल , चक्र खनाल , हजुर बुवा चन्द प्रसाद खनाल , अंकल धर्मेन्द्र रावल , प्रेम बोगटीको सहभागीतामा मानवसेवा आश्रम लम्कीमा जन्मदिन मनाइएको छ ।
जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दछौं युनिक खनाललाई , आगामी दिनहरू सधैं राम्रा अनि शुभ होउन् ।



