एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लम्की शाखा कार्यालयले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलालीको मोहन्याल गाउँपालिका -७ राजकांडामा रहेको जालपा आधारभूत विद्यालयमा अध्ययनरत २० जना न्यून आय भएका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जालपा आधारभूत विद्यालयमा अध्ययनरत न्यून आय भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक कल प्रसाद जैसीले कम्पनीप्रति आभार व्यक्त गर्दै विद्यालयप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्नुभयो ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लम्की शाखाका प्रमुख नवराज खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर खत्री प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा सोही विद्यालयका प्रधानाध्यापक कल प्रसाद जैसी , लम्की बिजनेस ग्रुप प्रालिका कृष्णप्रसाद न्यौपाने , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कैलालीका अध्यक्ष पिताम्बर ओली , लम्की जेसीज वर्ष २०२६ का महासचिव एकेन्द्र प्रसाद जैसी लगायतको सहभागीतामा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
एशियन लाईफ इन्स्योरेन्स कं. लि. १८ औं वर्ष पुरा गरी १९ औं वर्ष प्रवेश गरेको सुखद अवसरमा विगत डेढ दशक देखिको हाम्रो व्यवसायीक यात्रामा निरन्तर साथ, सदभाव, शुभेच्छा सहित प्रत्यक्ष अप्रत्यक्षरुपमा अमूल्य योगदान पुऱ्याउनु हुने हाम्रा सम्पूर्ण बीमित, व्यवसायीक अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभाव, संचालक समिति, नेपाल बीमा प्राधिकरण सहितका नियमनकारी निकाय, व्यवसायीक साझेदार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूमा हार्दिक शाखा प्रमुख नवराज खनालले धन्यवाद व्यक्त गरेका छन् ।
विगत १८ वर्षमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हासिल गरेका (आ.व.८२/८३ फागुन मसान्तसम्मको अधिकतम पूँजी रु. ६ अर्ब, चुक्ता पूँजी रु. ५ अर्ब २५ करोड १२ लाख , जीवन बीमा कोष (२०८२ पौषसम्म) रु. ५० अर्ब ८५ लाख (५% बोनश शेयर सूचीकरण पश्चात कायम हुने कूल लगानी रु. ५० अर्ब ४५ करोड , कूल बीमाशुल्क आर्जन (शुरुदेखि)रु.६७ अर्ब ५६ करोबार , कूल बीमाशुल्क आर्जन रु. ६ अर्ब ५२ करोड बीमालेख संख्या २० लाख ४३ हजार , कर्मचारी संख्या ४३५ , अभिकर्ता संख्या १,२२,००० , शाखा/उपशाखा १२७ , सहायक कम्पनी एशियन क्यापिटल लिमिटेड , लगानी विविधिकरण हवाई, पर्यटन, जलविद्युत, बैंक, बीमा क्षेत्रमा भएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख नवराज खनालले बताएका छन् ।



