Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

शहिद स्मृति मावि लम्कीद्वारा राष्ट्रिय पदयात्री मदन केसीलाई स्वागत

शहिद स्मृति मावि लम्कीद्वारा राष्ट्रिय पदयात्री मदन केसीलाई स्वागत

  • समाचार
  • बैशाख २, २०८३ बुधवार १९:५६ बजे
  • 751
    SHARES
  • शहिद स्मृति मावि लम्कीद्वारा राष्ट्रिय पदयात्री मदन केसीलाई स्वागत

    रंगप्रसाद तिमिल्सैना लम्की/ वैशाख २

    कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १, पूर्वलम्कीस्थित शहिद स्मृति माध्यमिक विद्यालयले “महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा” अभियानमा निस्कनुभएका पदयात्री मदन केसीलाई आज एक कार्यक्रमका बीच स्वागत गरेको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार समिति संयोजक दिलबहादुर साउद, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू कलावती देवकोटा, थुमा पहराई, हस्तबहादुर नेपाली तथा विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैशीसहित शिक्षक–कर्मचारीहरूको उपस्थितिमा स्वागत गरिएको हो ।

    दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ११ का स्थायी बासिन्दा केसीले एक महिना अघि गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर बाट “नेपाल चिन्ने, नेपाल बनाउने अभियान” भन्ने मूल नारासहित पदयात्रा सुरु गर्नुभएको हो। ५ वर्षसम्म सञ्चालन हुने यस राष्ट्रिय पदयात्राको उद्देश्य नेपाललाई नक्सामा मात्र होइन, पैदल हिँडेर नजिकबाट चिन्ने, बुझ्ने र देशका वास्तविक अवस्था उजागर गर्ने रहेको छ।

    अभियानअन्तर्गत केसीले हिमाल, पहाड र तराईका दुर्गम गाउँ–गाउँ पुगेर जनताको आवाज संकलन गर्ने, स्थानीय समस्या, सम्भावना तथा सपनाहरू बुझ्ने र त्यसलाई राष्ट्रियस्तरमा उजागर गर्ने योजना बनाउनुभएको छ। साथै, स्थानीय इतिहास, भाषा, संस्कृति र जीवनशैलीको संरक्षण तथा दस्तावेजीकरण गर्ने लक्ष्य पनि अभियानले लिएको छ । यो पदयात्रा पाँच मुख्य स्तम्भमा आधारित रहेको जनाइएको छ । राष्ट्र (नेपालको पहिचान र एकता), जनता (जनताको आवाज र जीवन), इतिहास (इतिहासको खोज र संरक्षण), ज्ञान (अनुसन्धान र अध्ययन) र भविष्य (नेपालको सम्भावनाको खोज)। यसका साथै अभियान सत्य, अनुशासन, साहस, अनुसन्धान र राष्ट्रप्रेमजस्ता मूल्यमा आधारित रहेको उल्लेख गरिएको छ। यात्राका क्रममा दैनिक करिब १५–२५ किलोमिटर पैदल हिँड्ने, स्थानीय समुदायसँग बसोबास गर्ने, संवाद गर्ने तथा भिडियो, फोटो र लेखनमार्फत सम्पूर्ण गतिविधि दस्तावेजीकरण गर्ने योजना रहेको छ। यसबाट संकलित सामग्रीलाई भविष्यमा “नेपाल पदयात्रा डकुमेन्ट्री”, “नेपालका गाउँको कथा” तथा ५ वर्षे यात्राको पुस्तक र अनुसन्धान सामग्रीका रूपमा सार्वजनिक गर्ने लक्ष्य राखिएको पदयात्री केसीको रहेको छ।

    हालसम्म केसीले ५ जिल्लाका विभिन्न स्थानहरूको यात्रा सम्पन्न गरिसक्नुभएको छ। आगामी दिनमा देशका सबै प्रदेशहरू—लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका दुर्गम गाउँ तथा ऐतिहासिक र प्राकृतिक क्षेत्रहरू समेट्दै यात्रा अघि बढाउने योजना रहेको छ। स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद ढकालले यस्ता अभियानले देशको वास्तविक अवस्था बुझ्न र समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    सल्लाहकार समिति संयोजक दिलबहादुर साउदले पदयात्राले जनताको आवाज उजागर गर्दै राष्ट्रिय चेतना अभिवृद्धिमा टेवा पुर्‍याउने उल्लेख गर्नुभयो। प्रधानाध्यापक पूर्णप्रसाद जैशीले विद्यार्थीहरूलाई यस्ता अभियानबाट प्रेरणा लिन आग्रह गर्दै समाजप्रति जिम्मेवार बन्ने सन्देश दिनुभयो।

    पदयात्री मदन केसीले आफूले थालेको यात्रा केवल भ्रमण नभई राष्ट्रको आत्मा खोज्ने अभियान भएको उल्लेख गर्दै गाउँ–गाउँ पुगेर जनताको वास्तविक कथा संकलन गरी देशव्यापी रूपमा प्रस्तुत गर्ने उद्देश्य रहेको बताउनुभयो। कार्यक्रममा सहभागीहरूले पदयात्राको सफलताको कामना गर्दै केसीलाई सम्मान तथा शुभकामना व्यक्त गरेका थिए।

  • सम्बन्धित विषय:

  • # पदयात्री

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images