ज्ञानकुञ्ज सामुदायिक सिकाई केन्द्र लम्कीचुहा नगरपालिका, कैलालीको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्र लम्कीचुहाका अध्यक्ष विष्णु प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही रहनु भएको थियो ।
विशिष्ट अतिथिमा नगर उपप्रमुख जुना चाैधरीकाे र लम्कीचुहा न.पा. वडा नं. १ का वडाध्यक्ष नेत्र प्रसाद खनाल, वडा नं. ५ का वडाध्यक्ष माया विष्ट, लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक कुमार तिमिल्सिना र केन्द्रका पुर्व अध्यक्ष बद्री प्रसाद लम्सालकाे आतिथ्यतामा एक भव्य समाराेहका बिच सम्पन्न भएकाे छ ।
केन्द्रका सञ्चालक सदस्य खगेन्द्र धमालाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन केन्द्रका व्यवस्थापन समितिका सदस्य गिता गड्तौला थापाले गर्नु भएको थियो ।
साधारणसभामा गरिमामय उपस्थितिका लागि सम्पुर्ण अतिथि लगायत साधारणसभाका प्रतिनिधिलाई अध्यक्ष विष्णु प्रसाद खनालले धन्यवाद प्रकट गर्नु भएको छ ।



