Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्याकुरेल सेवा समाज नेपालको आयोजनामा सामुदायिक विद्यालय स्तरीय सरसफाइ सप्ताह जारी

प्याकुरेल सेवा समाज नेपालको आयोजनामा सामुदायिक विद्यालय स्तरीय सरसफाइ सप्ताह जारी

  • समाचार
  • आषाढ १, २०८३ सोमवार १८:५९ बजे
  • 862
    SHARES
  • प्याकुरेल सेवा समाज नेपालको आयोजनामा सामुदायिक विद्यालय स्तरीय सरसफाइ सप्ताह जारी

    प्याकुरेल सेवा समाज नेपालको सहकार्य ,समन्वयर कैलाली शाखाको आयोजनामा सामुदायिक विद्यालय स्तरीय सरसफाइ सप्ताह २०८३ जारी रहेको छ । प्याकुरेल सेवा समाज कैलाली शाखाको आयोजनामा सुरु भएको कार्यक्रम दिपेन्द्र माध्यमिक विद्यालय लम्कीचुहा -१ थपालीपुरबाट सुरु भएको थियो । सप्ताह कार्यक्रम अन्तर्गत आज सोमबार जनचेतना प्राविका ८० जना र सहिद स्मृति माध्यमिक विद्यालय पुर्व लम्कीका करिब १५० जनालाई सरसफाइ सामाग्री वितरण गरिएको छ ।IMG-20260615-WA0001.jpg

    समाजसेवी मोतीलाल प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि प्याकुरेल सेवा समाजका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद प्याकुरेल रहनु भएको थियो । कार्यक्रममा प्याकुरेल सेवा समाजका केन्द्रीय सदस्य महेन्द्र प्याकुरेल लगायत प्याकुरेल सेवा समाजका पदाधिकारीहरू , सदस्यहरू , शिक्षक विद्यार्थीहरूको सहभागीतामा कार्यक्रम भएको हो ।IMG-20260615-WA0004.jpg

    कार्यक्रमको सञ्चालन प्याकुरेल सेवा समाज कैलाली शाखाका अध्यक्ष दिपेन्द्र खत्री प्याकुरेलले गर्नु भएको थियो ।IMG-20260615-WA0002.jpg

    सरसफाइ सम्बन्धी सहजीकरण आधारभूत स्वास्थ्य केन्द्र चिसापानीका प्रमुख पदम प्रसाद प्याकुरेल गर्नु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images