Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

  • समाचार
  • आषाढ ९, २०८३ मंगलवार १२:४८ बजे
  • 298
    SHARES
  • नेकपा एमाले संसदीय दलको बैठक बस्दै

    नेकपा एमालेको संसदीय दल बैठक आज बस्ने भएको छ। मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा संसदीय दल बैठक बस्ने प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिए।

    उनकाअनुसार संसदीय दल बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन्। यस्तै आजै सचिवालय बैठक पनि बस्नेछ।

    प्रवक्ता निरज आचार्यका अनुसार अध्यक्ष ओलीनिवास भक्तपुर गुण्डुमा आज साँझ ६ बजे सचिवालय बैठक बस्ने तय छ। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पहिलो पटक बैठक बस्न लागेको हो।

    सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेल पक्राउ परेका थिए। समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images