कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ भुरुवामा रहेको बीच भुरुवा ग्रामिण विद्युत सहकारी संस्थाको नयाँ जडित ट्रान्सर्फमर र बिस्तार गरिएको 11 केभिए लाइनको समुदघाटन भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले लम्कीचुहा-१ पश्चिम भुरुवा हाटबजार लाग्ने स्थल नजिकै ट्रान्सर्फमरको समुद्घाटन भएको हो । संस्थाका अध्यक्ष बुद्धिमान जैसी (बसन्त )ले ट्रान्सर्फमर खरिद देखि समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।
समुद्घघाटन कार्यक्रममा जनप्रतिनिधि , संस्थाका सञ्चालक समिति , लेखा समिति , कर्मचारी , स्थानीय उपभोक्ताहरूको सहभागीता रहेको थियो ।
नयाँ ट्रान्सर्फमर जडान भएसँगै स्थानीय उपभोक्ताले समितिलाई धन्यवाद व्यक्त गरेका छन् ।



