Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

किसान बहुउद्देश्यीय सहकारीद्वारा श्रद्धाञ्जली सभा तथा सुविधा वितरण

किसान बहुउद्देश्यीय सहकारीद्वारा श्रद्धाञ्जली सभा तथा सुविधा वितरण

  • समाचार
  • श्रावण ५, २०८३ मंगलवार २०:५९ बजे
  • 3.3K
    SHARES
  • किसान बहुउद्देश्यीय सहकारीद्वारा श्रद्धाञ्जली सभा तथा सुविधा वितरण

    किसान बहुउद्देश्य सहकारी संस्था लिमिटेड पथरिया शाखाले आफ्ना दिवंगत शेयर सदस्य प्रविन बुढाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनलाई आर्थिक सहायता वितरण गरेको छ।Messenger_creation_F7B8E2CC-75AC-4579-A840-99FA60DE717F.jpeg

    जानकी गाउँपालिका वडा नं ९ अमरावतीमा संस्थाले आयोजना गरेको श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रममा स्वर्गीय बुढाका परिवारलाई ४ लाख ८ हजार ७ सय ३६ रुपैयाँ बराबरको सुविधा वापतको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको किसान कोप एग्रोबिजनेश जोशिपुरका निमित्त आउटलेट प्रमुख बिरेन्द्र बहादुर शाहले जानकारी दिएका छन् ।

    सहकारीले आफ्ना शेयर सदस्य तथा बचतकर्ताको निधनपछि संस्थागत नीति अनुसार राहत तथा सुविधा उपलब्ध गराउँदै आएको छ।

    संस्थाका तालिम विभाग प्रमुख नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वक्ताहरूले स्वर्गीय बुढाले समाज र सहकारी अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

    कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, स्थानीय बासिन्दा तथा परिवारजनको सहभागिता रहेको थियो।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images