Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

किसान बहुउद्देश्यीय सहकारीको बिउँ प्रशोधन केन्द्र भवनको उद्घाटन

किसान बहुउद्देश्यीय सहकारीको बिउँ प्रशोधन केन्द्र भवनको उद्घाटन

  • समाचार
  • श्रावण २०, २०८३ बुधवार १९:३९ बजे
  • 160
    SHARES
  • किसान बहुउद्देश्यीय सहकारीको बिउँ  प्रशोधन केन्द्र भवनको उद्घाटन

    कैलालीको लम्कीमा रहेको किसान बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्याकेटमा खरिद गरिएको बिउँ विरतण गर्ने गर्दथ्यो । आज त्यही किसान सहकारीले आफ्नै बिउँ प्रशोधन केन्द्र सञ्चालमा ल्याएको छ । १ करोड ४१ लाख २ हजार ६६८ रुपैयाँ लागतमा प्रति घण्टा दुई टन प्रशोधन गर्ने बिउँ प्रशोधन केन्द्रको आज बुधबार उद्धघाटन गरिएको छ ।FB_IMG_1785937828429.jpg

    सुदूरपश्चिम प्रदेश सरकार र किसान बहुउद्देश्यीय सहकारी संस्थाको संयुुक्त लगानीमा सञ्चालनमा ल्याइएको प्रशोधन केन्द्रको कुल लागत १ करोड ४१ लाख २ हजार ६ सय ६८ रुपैयाँ को लागत रहेको छ

    । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सो प्रशोधन केन्द्रको उद्घाटन गर्दै प्रदेश सरकारले किसानले आफ्नो लगानी र प्रतिफल सहजै प्राप्त गर्ने सक्ने वातावरण तयार पारिएको बताए । ‘मुलुकको समृद्धिसँग जोडिएको कृषि क्षेत्रलाई अन्तयन्तै प्रथामिकतामा राखेका छौँ । कृषि सहित विभिन्न क्षेत्रलाई जोडर किसानको लगानी र श्रमको प्रतिफल कसरी सहजै प्राप्त गर्न सकिन्छ भन्ने वातावरण निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।’ मुख्यमन्त्री शाहले भने ।FB_IMG_1785937834577.jpg

    त्यस्तै संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले २०५२ सालमा स्थापना भएको किसान सहकारीे आफ्नो स्थापनाकालमा सदस्यहरूलाई उन्नत बिउँ वितरण गर्नको लागि प्याकेटमा खरिद गर्नुपर्ने अवस्थाको स्मरण गर्दै संस्थाले आज आफ्नै बिउँ प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन सफल भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारले प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन गरेको सहयोग प्रति धन्यवाद गर्दै सरोकारवाला पनि अध्यक्ष शाहले धन्यवाद व्यक्त गरेका थिए ।

    संस्थाका महा प्रबन्धक डम्बर बहादुर शाहले १ सय ४० बिघाह जमिन क्षेत्रफलका लागि बिउँ उत्पादन गर्ने प्रशोधन केन्द्रमा प्रति घण्टा २ टनकाले दरले बिउँ प्रशोधन गरिने बताए ।FB_IMG_1785937814533.jpg

    किसान बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष टिकेन्द्र थापाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन नीति अनुपालन विभागका प्रमुख दिपक ढुंगानाले गरेका थिए ।

    कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी , सदस्यहरू , शेयर सदस्य , समाजसेवी , जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । लम्कीचुहा नगरपालिका वडा नं ४ कैवापुरमा बीउ प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो ।FB_IMG_1785937841614.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images