एक महिना घर भित्र रहँदापनि कसैलाई थाहा नभएकोले अन्तिममा गम्भीर अवस्थामा रातको ४ बजेको समयमा पहलसिंह नचेलको सम्पर्कमा आए । नचेलकोमा आउँदा नचेल गिता हस्पिटलको कम्पाउन्डर स्टाफको डिउटिमा खटिएका थिए । बिरामीको अबस्था कस्तो थियो स्टेचर माथि देखिन्छ तत्कालीन चेकजाँच गर्दा डाक्टर विनोद प्रजापतिको सल्लाह अनुसार सिटिस्क्यन र यमाराई गराउन अर्जेन्ट जरुर भएकाले दोस्रो दिन राति १ बजे भोज लगे र सिटिस्क्यन चेक गर्दा डाक्टरले हिमोगोलिगं को ओफ्रिशन गर्न २-३ लाख खर्च लाग्ने र अहमदावाद लिनुपर्ने भन्दा आर्थिक कतैबाट नमिल्दा डाक्टर जगदीश जडेजाले र पहलसिंह विकले १५ दिन भित्र हिड्ने बनाउ छु भन्दा दिन प्रतिदिन लाग्ने खर्च समेत पहलसिंह विकले आफै जिम्मा लगि उपचार गराउदा १० दिन भित्र खाटमा सुतिरहेको बिरामि बसेर खाना खानसुरु गरेको थियो । उनका भाईहरु पुना महाराष्ट्र भएका ले ५ हजार रुपैयाँ भाडा सहितको व्यवस्थागरि आज तारिक 4/8/2021 को दिन उनकै माईलो दाई मन बहादुरका साथ पुणे महाराष्ट्र पठाइएको छ । सहयोग गर्नेहरूमा पहल सिंह बि क पंन्चपुरि ११ , बम भोटेल पंन्चपुरी ११ , भिम बहादुर डुब्राकोटि पंन्चपुरि ११ , डि बि बि क धन बहादुर पंन्चपुरि ११ र गोपाल डाडावाडि महोन्याल ७ बडीगाउले सहयोग गरेका पहसिंह विकले जानकारी दिएका छन् । उनको नाम हो जगे बिक उनी गुजरातमा रोजगारको लागि आएका थिए । एकासी बिरामी परेपछि यस्तो अवस्था भयो उनी धेरै बर्षदेखि महाराष्ट्र पुणेमा बस्दै आएका थिए भने जगे बिकको जन्म समेत महाराष्ट्र पुणे मैं भएको थियो ।



