Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बाढीपीडितका लागि आशिका भण्डारीद्वारा १ लाख १ सय ११ रुपैयाँ सहयोग

बाढीपीडितका लागि आशिका भण्डारीद्वारा १ लाख १ सय ११ रुपैयाँ सहयोग

  • समाचार
  • भाद्र १५, २०८३ सोमवार ०८:२५ बजे
  • 583
    SHARES
  • बाढीपीडितका लागि आशिका भण्डारीद्वारा १ लाख १ सय ११ रुपैयाँ सहयोग

    कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुर निवासी तथा हाल रोजगारीका सिलसिलामा इजरायलमा कार्यरत सुदूरपश्चिमेली नेपाली समाज इजरायलकी वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष आशिका भण्डारीले रसुवा भोटेकोसी बाढीपहिरो पीडितका लागि १ लाख १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ।

    रसुवा जिल्लाको भोटेकोसीमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,००,१११ (एक लाख एक सय एघार रुपैयाँ) सहयोग रकम पठाउनुभएको हो। प्राकृतिक विपत्तिका कारण पीडामा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने मानवीय भावनाका साथ सहयोग गरिएको भण्डारीले बताउनुभएको छ।

    विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उहाँको कदमले एकता, सहयोग, सेवा र मानवीयताको उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ। सुदूरपश्चिमेली नेपाली समाज इजरायलमा नेतृत्वदायी भूमिकामा रहनुभएकी भण्डारीले सामाजिक तथा मानवीय सेवाका कार्यमा समेत सक्रियता देखाउँदै आउनुभएको छ।

    रसुवा बाढीपहिरो पीडितका लागि गरिएको सहयोगप्रति सुदूरपश्चिमेली नेपाली समाज इजरायलले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। समाजले विपद्को समयमा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग र मानवीय सेवामा जुट्नसमेत आग्रह गरेको छ।

  • सम्बन्धित विषय:

  • # इजरायल
  • # रसुवा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images