Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

क्षेत्रीय प्रतिनिधि (युवा) मा देउवा सर्वसम्मत, महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

क्षेत्रीय प्रतिनिधि (युवा) मा देउवा सर्वसम्मत, महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

  • समाचार
  • आश्विन ४, २०८३ आइतवार १३:५८ बजे
  • 2.1K
    SHARES
  • क्षेत्रीय प्रतिनिधि (युवा) मा देउवा सर्वसम्मत, महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं. २, लम्कीचुहा नगरपालिका–८ बाट नेपाली कांग्रेसका युवा नेता ललित देउवा क्षेत्रीय प्रतिनिधि (युवा) पदमा सर्वसम्मत निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत छनोट भएपछि देउवाले नेपाली कांग्रेस लम्कीचुहा–८ का नेता, कार्यकर्ता तथा सम्पूर्ण क्रियाशील सदस्यहरूप्रति आभार व्यक्त गरेका छन् ।

    देउवाले आगामी क्षेत्रीय अधिवेशनमा ‘महाधिवेशन प्रतिनिधि (युवा)’ पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै उक्त पदमा निर्वाचित गरी पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी हुने अवसर प्रदान गर्न सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। देउवाले युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका देउवा नेपाली कांग्रेस लम्कीचुहा नगर कार्यसमितिको सचिव पदमा रहेर भूमिका निर्वाह गरिसकेका छन् । पार्टी संगठनमा सक्रिय रहँदै आएका देउवाले कठिन परिस्थितिमा समेत पार्टीका गतिविधिमा साथ–सहयोग गर्दै आएको उनका समर्थकहरूको भनाइ छ।

    पछिल्लो समय पार्टी संगठनमा युवा पुस्ताको सहभागिता, प्रविधिको प्रयोग तथा बदलिँदो राजनीतिक परिवेशअनुसार काम गर्ने क्षमता भएका देउवाको उम्मेदवारीलाई क्षेत्रीय प्रतिनिधिहरू माझ चर्चाका रूपमा हेरिएको छ।

    देउवाले यहीँ १० गते हुने क्षेत्रीय अधिवेशनमा आफू महाधिवेशन प्रतिनिधि (युवा) पदको उम्मेदवार रहने बताउँदै सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग समर्थन र मतदानका लागि आग्रह गरेका छन्।

    नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि प्रकाशित पछिल्लो कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको कार्यक्रम यहीँ असोज १० गते गर्ने जनाएको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images