Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस लम्कीचुहा नगर सभापतिमा तेज बहादुर चलाउनेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस लम्कीचुहा नगर सभापतिमा तेज बहादुर चलाउनेको उम्मेदवारी घोषणा

  • समाचार
  • आश्विन ६, २०८३ मंगलवार १२:३१ बजे
  • 175
    SHARES
  • नेपाली कांग्रेस लम्कीचुहा नगर सभापतिमा तेज बहादुर चलाउनेको उम्मेदवारी घोषणा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला कैलालीको लम्कीचुहा नगरपालिकामा नगर सभापति पदका लागि तेज बहादुर चलाउनेले उम्मेदवारी घोषणा गरेका छन्। चलाउनेले आफ्नो उम्मेदवारीसँगै संगठनलाई थप बलियो बनाउँदै लम्कीचुहालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नगर सभापतिको जिम्मेवारी पाएमा पार्टी संगठनलाई समयअनुकूल बनाउँदै कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा स्थानीय तहमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने बताएका छन्।

    उम्मेदवारी घोषणासँगै चलाउनेले आफू २०६४ सालदेखि क्रियाशील सदस्यका रूपमा पार्टी राजनीतिमा सक्रिय रहेको, नेपाल तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा भूमिका निर्वाह गरेको बताएका छन् । चलाउनेले लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षका रूपमा १० वर्ष काम गरेको, खानेपानी महासंघको केन्द्रीय सचिव तथा लम्कीचुहा नगरपालिकाको खानेपानी बोर्ड सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिरहेका छन् । चलाउने लम्की जेसीजका संस्थापक सदस्य, पानस दीप स्कुलका अध्यक्ष तथा लाइन्स क्लबका बोर्ड सदस्यका रूपमा समेत विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा संलग्न रहेर कार्य अनुभव लिइसकेका छन् ।

    उनले मलेसिया, चीन, फिलिपिन्स, दुबई, थाइल्याण्ड र भारतलगायतका देशको भ्रमण गरेका छन् । लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भएका बेला कर्णालीको पानी , सह-लगानी समेत चलाउनेको कार्यकालमा सुरु गरेर अन्तिम चरणमा रहेको छ।

    आफ्नो उम्मेदवारी “संगठन बलियो, लम्कीचुहा समृद्ध” भन्ने अवधारणालाई अघि सारेका छन्। उनले नगर सभापति पदका लागि लम्कीचुहा नगरपालिकाका १० वटै वडाका सभापति, नगर सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूको अमूल्य मत, साथ सहित मतदान गरेर सहयोग गरिदिन अपिल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गगन थापा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images